रुकुम, १७ फागुन । विद्यालय भवनको अभावमा रुकुमको दुर्गम नुवाकोटमा गाउँका बालबालिका टहरामा पढ्न बाध्य छन् । नुवाकोट–४ लामाडाँडास्थित जनकल्याण आधारभूत विद्यालयका बालबालिका टहरामा पढ्ने गरेको स्थानीयवासीले बताए ।

school विद्यालयमा पर्याप्त भवन नहुँदा कक्षा ४ का विद्यार्थी टहरामा पढ्न बाध्य भएको प्रधानाध्यापक कल्पना खड्का ओलीले जानकारी दिइन् । ‘हावाहुरी चल्दा र पानी पर्दा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको छ,’ उनले भनिन् ।

विद्यार्थीका अनुसार टहरामा पढ्दा १ दिनमै कपडा फोहोर हुने गरेको छ । भवन अभावको सम्बन्धमा स्थानीय विकास अधिकारी नरेन्द्रकुमार राणाले उक्त विद्यालयमा दुईकोठे भवन छिट्टै बन्ने जानकारी दिए । जिल्ला शिक्षा कार्यालय रुकुमले प्रत्येक वर्ष दजनौं भवन निर्माणमा विद्यालयलाई सहयोग गरे पनि यस विद्यालयमा ध्यान पुग्न नसकेको स्थानीयले गुनासो गरे ।

२०६३ सालमा स्थापना भएको जनकल्याण आधारभूत विद्यालयमा भौतिक पूर्वाधार मात्र अभाव नभएर अहिलेसम्म एउटा पनि शिक्षक दरबन्दी छैन । शिक्षक दरबन्दी नहुँदा विद्यालयमा निजी स्रोतबाट चलेको र २ वर्षसम्मको तलब नपाएको प्रधानाध्यापक खड्का ओलीले बताइन् । अभियानमा खवर छ । विशेषगरी जिल्ला शिक्षा कार्यालय रुकुमले दरबन्दी मिलान गर्न नसक्दा गाउँ कतिपय विद्यालयमा शिक्षक पुग्न सकेका छैनन् भने जिल्ला सरदरमुकाम खलङ्गा आसपासका विद्यालयमा शिक्षक थुप्रिएका छन् । उक्त विद्यालयमा १ सय ४६ जना विद्यार्थी अध्ययनरत छन् ।