काठमाडौं, १७ फागुन । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र मधेशी मोर्चा बीचको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गर्नुभएको बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन र स्थानीय तहको संख्या निर्धारणका विषयमा कुराकानी भएको थियो ।
राजनीतिक सहमतिबाटै अगाडि बढ्ने निष्कर्ष निकाल्दै बैठकले छिटै सरकारलाई समर्थन गर्ने दलहरुको संयुक्त बैठक बस्ने समझदारी भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।
