इन्द्रेणी संवाददाता
दाङ, १६ फागुन । गएको मंसिर ३० गतेदेखि पुस ६ गतेसम्म दाङको घोराहीमा सञ्चालन भएको सातौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवबाट सवा दुई लाख वचत भएको छ ।
महोत्सव आयोजक संस्था पुस्तक तथा स्टेशनरी व्यवसायी संघ दाङले आइतवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सववको आयव्य सार्वजनिक गरेको छ ।
सो कार्यक्रममा संघका अध्यक्ष घनश्याम वरालले महोत्सवबाट २ लाख २९ हजार बचत भएको र केही रकम आउने आश्वासनमै रहेको जानकारी दिए ।
महोत्सवको आयव्य यस्तो छ :-
