घोराही, १५ फागुन । नेपाल पत्रकार महासंघ दाङको हालै सम्पन्न अधिवेशनमा विजयी गराउने साधारण सदस्यहरुलाई सर्वपक्षीय प्यानलले धन्यवाद ज्ञापन गरेको छ । फागुन १२ र १३ गते सम्पन्न १० औँ अधिवेशनमा सर्वपक्षीय प्यानललाई अत्यधिक मतका साथ विजयी बनाउने सम्पूर्णमा साधारण सदस्यहरुमा नेपाल प्रेस युनियन, प्रेस चोतारी, प्रेस सेन्टर, प्रगतिशिल पत्रकार संघ, मिडिया नेपाल दाङ र क्रान्तिकारी पत्रकार महासंघ दाङले धन्यवाद ज्ञापन गरेका छन् ।

picनेपाल प्रेस युनियन दाङका उपाध्यक्ष बसुन्धरा गौतम, प्रेस चौतारीका जिल्ला अध्यक्ष टिका बस्नेत, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष डिल्ली मल्ल, प्रगतिशील पत्रकार संघका केन्द्रिय महासचिव उदय जिएम, मिडीया नेपालका जिल्ला संयोजक रोशनमान श्रेष्ठ र क्रान्तिकारी पत्रकार महासंघका जिल्ला सचिव प्रशान्त वलीले आज शनिवार संयुक्त विज्ञप्ती निकालेर पत्रकार महासंघ सम्पूर्ण पत्रकारहरुको साझा संस्था भएकाले यसमा सबैको प्रतिनिधित्व हुदै सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने भएकाले सम्पूर्ण संघसंगठनहरुले सर्वपक्षीय नेतृत्व अगाडी सारेको र उक्त नेतृत्वलाई अत्यधिक मतले विजयी बनाउने सम्पूर्ण साधारण सदस्यहरुमा धन्यवाद सहित कृतज्ञता व्यक्त गरेका छन् ।

‘महासंघको नेतृत्व चयन प्रक्रीयामा जस्तोसुकै भएपनि यसको साझा चरित्रलाई कायम राख्दै सर्वपक्षीय भावना अनुसार नेतृत्व अगाडी बढ्नेछ भन्ने हाम्रो द्रिढ विश्वास छ । आगामी दिनमा पनि पत्रकारहरुको हकहितकालागी हाम्रो अभियानमा यहाँहरुको सदैव साथ रहने छ’ विज्ञप्तीमा भनिएको छ । साथै विज्ञप्तीमा महासंघको निर्वाचन प्रक्रीयालाई सहज र छरितो रुपले सम्पन्न गर्ने निर्वाचन समिति, केन्द्रिय प्रतिनीधी, केन्द्रिय सदस्य, पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष, सल्लाहकारहरु र कार्यसमितिका सदस्यहरुमा हार्दिक आधार तथा धन्यवाद ज्ञापन गरिएको छ ।