उदयपुर, १४ फागुन । साउदीको अल अलवन कन्ट्रयाक्टिङ एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत ३३ नेपाली अलपत्र परेका छन् । उनीहरुलाई कम्पनीले ६ महिनादेखि काम र तलव नदिएपछि अलपत्र परेका हुन् ।

saudiउनीहरुले गएको शुक्रबार मात्रै उदयपुर जिल्ला विकास समितिअन्र्तगत सञ्चिालत सुरक्षित आप्रवास सूचना तथा परामर्श केन्द्र (सामी) मा फोन गरेर उद्धारका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् ।

अलपत्र हुनेमा भलायडाँडा ४ उदयपुरका टेकबहादुर तामाङ, धादिङ निलकण्ठ नगरपालिका २ का बलबहादुर गुरुङ लगायत ५ जना, काभ्रेपलान्चोकका जगतमान तामाङ, कन्चनपुरको कृष्णपुर नगरपालिका २ का दिपेन्द्र खड्कालगायत ३३ जना रहेको केन्द्रमा जानकारी गराएका छन् ।

उनीहरुले लटुस ह्युमन रिसोर्स म्यानपावर कम्पनीबाट २०७२ सालको असोजमा गएपनि पहिले काम र तलव पाएको र पछि ६ महिनादेखि नपाएको गुनासो गरेका छन् । यसबारेमा त्यहाँस्थित नेपाली दूतावासमा उजुरी गरेपनि सुनुवाई नगरि लेवरकोटमा जान सल्लाह दिएको पीडितले बताएका छन् ।