काठमाडौं, १४ फागुन । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई पितृ शोक परेको छ । गाउँलेका ९० वर्षका बुवा देवीप्रसाद कोइरालाको उपचारका क्रममा ललितपुरको सुमेरु अस्पतालमा निधन भएको हो ।

उनको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । पत्रकार गाउँले तथा खोज पत्रकारिता केन्द्र सम्पादक पनि हुन् ।