गोविन्द खड्का
दाङ, १४ फागुन । ‘साथीहरुसँग खुलस्त भन्न नसक्दा स्कुल छोड्थ्यौ’– हिमालय मावि रुकुमका छात्रा श्यामकला डा“गीले अनुभव सुनाउदै भन्नुभयो, ‘प्याड नपाईदा पनि स्कुल छोड्थ्यो । अहिले अकस्मात भएपनि स्कुल छोड्नु पर्दैन ।’ उहाँका अनुसार व्यक्तिगत रुपमा हरेक छात्राले विकास गरेका छन् ।
फोटो फाइल
त्यही अनुसारको संरचना पनि स्तरउन्नती भएको छ । छात्रा डा“गीका अनुसार विद्यालयमा पहिला शौचालय थिएन । अहिले छात्र छात्राका फरक फरक छन् । जथाभावि फोहर फालिन्थ्यो । अहिले इन्सिनेटरमा नष्ट गरीन्छ । शौचालयमा पानी थिएन । अहिले छ । ‘स्वास्थ्य सम्वन्धि छलफल नगरीएकाले खुलस्त भन्न सकदैन्थ्यो । अहिले खुलेर छलफल गर्न सक्ने भएका छौ डाँगीले भन्नुभयो, ‘प्याड आफै बनाएर पनि समस्याको समाधान हुन्छ । कलव गठन भा छ । मासिक विस रुपैया उठाउछौ । महिनावारी र सरसफाई सम्वन्धीत वार्षिक कार्ययोजना छ ।’
‘पढाई मेरो राम्रो थियो । कक्षा आठमा पढ्दा पहिलो चोटि महिनावारी भयो’ कालिका मावि अछामका छात्रा सुन्तला शाहीले भन्नुभयो, ‘चारदिन स्कुल गईन । घट्यो ।’ उहाका अनुसार पहिला विद्यालयमा ट्वाईलेट थिएन । ब्लड निश्कन्थ्यो । पखाल्ने पानी पाईदैन्थ्यो । बिहान ९ बजे प्याड हालेर जाने सा“झ पाचबजे घरै आएर निकाल्ने हो । फेर्ने ठाउँ थिएन । ६ सात दिन सम्म आमा बुवा बाट छुटिएर एक्लै बस्ने चलन त अझै हराएको छैन । एक्लो भएको महशुस हुन्छ ।
घरको वातावरणले पनि अघि बढ्न दिएन । शाहिका अनुसार बुवा ममी कसैसंग पनि देखिनु हुन्न भन्ने मान्यता छ । पुस माघको ठण्डिमा पनि पुरै शरीर नुहाउनुपर्छ । सबै कपडा धुनुपर्छ । एक्लै बस्दा पटक पटक झसंग झसंग हुन्छ । यता उता दाईहरु हुन्छन् देखियो कि भनेर डर लाग्छ । दुःध दहि केहि खानुहुन्न भन्ने मान्यता छ । यो सबै ममि दिदि फुपुहुदै ल्याएको चलन हो । ‘देउता लाग्छन् भन्नुहुन्छ, के गर्ने ?’ हारेको भावदिने शैलिमा भन्नुभयो ‘यता उताको समुदाय पनि उस्तै हुन्छ । किशोरीको पढाई तलझरेको कारण त्यहि हो । सानो गोठमा पराल ओच्छ्याएर सुत्छौ । दिमाग कसरी केन्द्रत गर्नु ?’ उहाले बरर्बराट बोलेर सुनाउनुभयो ।
यता अमर मावि उरहरी दाङका छात्रा कविता घर्तिको जिवनमा धेरै परिवर्तन आएको छ । ईन्सीनेटर सहितको प्याड फाल्ने व्यवस्थाले सहजता ल्यायो । प्रशस्त पानी शहितका शौचालय छन् । पहिला शिक्षक शिक्षीका र छात्रछात्राका छुटै शौचालय थियो । अहिले छात्रा र छात्रका मात्रै बनाएर सजिलो भएको छ । फोहर फाल्ने निश्चित ठाउ थिएन । पानी स्वच्छ छ छैन भन्ने थाह थिएन । लाईन बसेर पिउने पालो आउथ्यो । अहिले सबै कक्षामा झाडु डस्टिविन छ । आफ्नो कोठा आफै सफा गरे सुनमा सुगन्ध भनिन्छ । विद्यालयमा प्याडको सुविधा छ । छात्राहरुको अनुभुति पुष्टि गर्दै सल्यानका विव्यस अध्यक्ष गजमान बुढाले शौचालयले विद्यालयमा उपस्थिति बढाएको बताउनुभयो ।
विद्यार्थीका मात्रै होईन शिक्षिकाका भोगाई झनै पछौटे छन् । ‘जंगलमा गएर टालो फेर्थे । प्याड भन्ने थाह पाउदैन्थे । आमा दिदिको धातीको फोहर टाला प्रयोग गर्थे ।’ रोल्पाका शिक्षक सिता कुमारी विष्टले भन्नुभयो, ‘अहिले पैसा उठाएर प्याड किनेका छौ । विद्यालयमा प्रष्ट भन्ने वातावरण तयार भएको छ ।’ उहाको अभिव्यक्ति बाट जति अघिल्लो पुस्ता छ त्यति कठोर रहेको बुझिन्छ । संस्कार रितीरिवाजको सामु व्यक्तिगत श्वाथ्यको पनि प्रबाह थिएन । ‘होचा र सा“घुरा घरलाई छाउ बनाएर राखिन्छ । त्यहा अरु सामान्य मान्छे जानमिल्दैन ।’ अछामका शिक्षक सत्या स्वारले भन्नुभयो, दुषित हावा संग विवाहित चार पा“च दिन र अविवाहित सात दिन जति बस्नुपर्छ ।’
यसैका विरुद्ध पटक पटक विभिन्न अभियान चले । नया वातावरण तयार गर्ने ठुल्ठुला माहौलहरु पनि उठे । त्यस मध्यको सबै भन्दो ठुला उल्ल विल्ला पार्ने त्रास माओवादिको भेलले ल्याएको भन्नुहुन्छ कालिकोटका स्वयंसेविका दत्तँ शाही । ‘छाउ छोडेर बाच्नका लागि पनि सबै घरमै बस्न थाले । कुट्छन्, पिट्छन् मार्छन भन्ने भय त्रासको मानसिकता फैलियो ।’ उहाले त्यो खुशि छोटै समयमा टुंगिएको अनुभुति सुनाउदै थप्नुभयो, ‘माओवादि सत्तामा गयो । यो माओवादिल ल्याएको निति किन मान्ने भन्नेभयो । अहिले त्यस उल्टो देविदेउता मान्ने बढेको छ । खसी वोका झन धेरै काटिन लाग्या छन् । महिनावारी वार्ने परम्परागत चलनहो भन्ने भएको छ ।’ उहाका अनुसार भान्छा नपस्ने, देउताको कोठिमा नजाने, आफ्नै कोठामा नसुत्ने चलन छ । त्यसका विरुद्धमा फेरी सडकनाटक देखाउने, महिलाहरु संग छलफल गर्ने र छुई प्रथा अन्त्यका घोषणा गर्ने क्रम चलेको छ । वडा तथा गाविसहरु मुक्त घोषणा भएका छन् ।
सबैकुरामा दवाव र डर त्रासले परिवर्तन गर्न नसकिने जुम्लाका अभियान्ता कमल खत्रीको अनुभव छ । ‘दबाव दिएर यसो गर्नुस उसो गर्नुस भनेर हुदैन’ अनुभव सुनाउदै खत्रीले थप्नुभयो, ‘अफ्ठेरो परेको छ आफुले गर्नै नसक्ने हो भन्ने बेलामा बाहिर बाट सहयोग दिए प्रभावकारी र छिटो छिटो हुन्छ ।’ उहा“का अनुसार पहिला समुदायमा गएर बुझ्नुपर्छ खाने कके हो ? ककुन कुरा बार्नुपर्छ ? कुन कुन चिज छुन पाउनुहुन्न ? कुन कुन ठाउ“मा जान मिल्दैन ? त्यो कुरा बुझ्नुपर्छ । सबै कुरा सोध्ने र उनिहरुलाई अनावश्यक लागेको, बोझ भएको, नगरेहुन्थ्यो भन्ने महशुस गरेको पत्तालगाउनु पर्छ । त्यहि कुरा न्युनिकरणमा लाग्ने हो भने सकिन्छ ।
महिला अधिकार बादिहरुलाई अहिले महशुस भएको छ मान्छेभएर मान्छेको रुपमा बाच्न दिएको रहेन छ । चितवनकी एक महिलाले सुनाउनुभयो कुसस्कार कुचलनले अफ्ठेरो पारेको रहेछ । महिनावारी मान्छेको सृष्टि रहेछ यो कुनै जन्मको पाप रहेनछ भन्ने समेत भर्खर थाह भयो । ‘एक्लै छाउमा बस्दा तिनरात निदाईन । रातभरी केहि आउछ कि भनेर सुतिन ।’ अहिले फेरिएको बताउदै उहाले थप्नुभयो, ‘महिनाभरी पोको पारी लुकाउने त्यहि निकालेर सुत्ने वातावरण चितवनमा छ ।’ उहाका अनुसार केहिले देख्छ कि भनेर मानसीक तनावमा रहने अबस्था छ । कतिवेरका महिनावारी हुन्छ भन्ने थाहै हुदैन । ईमर्जेन्स िहो । प्रत्यक व्यक्तिलाई बाच्न पाउने अकिार भनेपछि छोरा छोरी, बुढा बच्चा भनेर अलग गर्ने धर्म संस्कारको नाउमा विभेद गर्ने ठिक होईन । घर भित्रको कुराहो भनेर हिंसा लुकाउने चलन थियो । यसलाई प्राकृतिक कुरा हो । सम्मान गर्ने हो । लकाउने होईन भनेर सबै लाग्न जरुरी छ ।
जिल्लामा बस्दा सबै वार्ने काठमाण्डौ पुगेपछि केहि गर्नुपर्दैन । सुविधा सम्पन्न कोठा र ठुला शहरमा लागु हुदैन र ? जिशिअहरुको तर्क थियो । सरसफाइमा ध्यान दिने हो । कतै जान नहुने, खाना पकाउन नमिल्ने होईन । लामाहरुको वस्तिमा थाहै हुन्न । नेवारहरुले पनि महत्व दिदैनन् । बाहुन क्षेत्रीको बस्तिमा मात्रै कडा गरेको देखिन्छ । हुम्लाका जिल्ला शिक्षा अधिकारी मदन बहादुर थापाको भनाई थियो । केहि ठाउमा महिलाकै माग छ भेटघाट गर्ने फुर्सदको समय मासिक एक पटकको महिनावारी हो । त्यसैले यसलाई वार्नुपर्छ भन्ने मत पनि छ । नत्र पुरुषले महिला भन्दैनन । फुर्सदि दिन मान्दैनन् । एक चोटि खुलस्त गफ गर्न पाउने अबसर बञ्चित हुन्छ ।
