तुलसीपुर ९ फागुन । अर्थ मन्त्री कृष्णा बहादुर महरा दाङ आउन लागेका छन् । दाङमा हुने बिभिन्न कार्यक्रमलाई उद्घाटन गर्न मन्त्री महरा दाङ आउन लागेको माओवादी केन्द्र दाङका सह–ईन्चार्ज डायमण्ड शर्माले जानकारी दिए ।

अर्थमन्त्री महरा मंगलबार साँझ दाङ आईपुग्ने र ११ गते बिभिन्न कार्यक्रमलाई उद्घाटन गर्ने कार्यक्रम रहेको छ । डायमण्डले दिएको जानकारी अनुसार ११ गते बुधबार दाङको धारपानीमा निर्माण भएको धर्मशालाको उदघाटन, सौडियारमा स्थापन भएको सहिदहरुको स्तम्भ उदघाटन र तुलसीपुर १७ खाद्रेमा हुन लागेको दाङ क्षेत्र नं. ४ को राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगीताको उद्घाटन गर्ने छन् ।

त्यस्तै १२ गते उनले देउखुरीमा सञ्चालन हुन लागेको जखेरा महोत्सबको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।