काठमाडौं,९ फागुन । सोमबार प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको दोस्रो बैठकले विभिन्न १४ देशकालागि राजदूतको सिफारिस गर्ने निर्णय गरेको छ ।

letest-1-1-848x478बैठकले युएइका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युगनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास, अष्ट्रेलियाका लागि लक्की शेर्पा, कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमारका लागि भीम उदास, बंगलादेशका लागि चोपलाल भुसाल, श्रीलङ्काका लागि विश्वेम्भर प्याकुरेल, यमानका लागि शर्मिला पराजुली, कोरियाका लागि अर्जुन जंगबहादुर, इजरायलका लागि निरञ्जन थापालाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको बैठकले स्पेनमा नेपाली दुताबास खोल्ने निर्णय गरेको छ । नयाँ स्थापनाहुने दुताबासमापूर्व सहायक रथीभरत रायमाझीलाई राजदूतकालागिसिफारिस गर्ने निर्णय गरेको सूचनातथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।