घोराही, ९ फागुन । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले दलित संघ क्षेत्रीय समिति गठन गर्नका लागि सर्वसहमतिका लागि पहल गर्ने भएको छ । कांग्रेस दाङ क्षेत्र नम्बर ३ को सोमवार घोराहीमा बसेको बैठकले स्थानीय निकायको निर्वाचनका लागि सबैको सल्लाहमा योजना बनाएर अगाडी बढ्ने निर्णय गरेको हो ।

क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षता तथा महासमिति सदस्य अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्य र महासमिति सदस्य टेकबहादुर डाँगीको विशिष्ठ आतिथ्यमा बसेको बैठकमा क्षेत्र नम्बर ३ का कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनीधी, जिल्ला कार्यसमिति, नगर तथा गाँउ समितिका पदाधिकारी, दलित नेता, भातृ संघसंगठन सहितको बैठकले दलित संघका क्षेत्रीय समिति सर्वसहमतमा बनाउनक लागि क्षेत्रीय सभापति भुपबहादुर डाँगी संयोजक रहेको समिति गठन गरेको छ ।  जसको सदस्यमा देवकुमार नेपाली, प्रकाश नेपाली, शमसेर नेपाली र लोका बिक सदस्य रहेका छन् ।