दाङ, ९ फागुन । नागरिक समाज दाङले घोराही–लमही सडकखण्डको कटुवाखोला र सडक निर्माणमा देखिएको ढिलासुस्तीका सम्बन्धमा सडक डिभिजन कार्यालय दाङलाई पुनः ध्यानाकर्षण गराएको छ ।

katuwakholaसमाजका संयोजक टिकाराम रेग्मीको संयोजकत्वमा आइतवार सडक डिभिजन कार्यालय दाङमा पुगेरे टोलीले ध्यानाकर्षण गराएको हो ।

नागरिक समाजको ध्यानाकर्षणपछि डिभिजन प्रमुख शीरबहादुर घिमिरेले कटुवाखोलाको पुल रिडिजाइन गर्नुपर्ने भएकोले विभागबाट डिजाइन आएपछि असारभित्र पुल बन्ने जानकारी दिएका थिए ।

ढुंगा, गिट्टी, बालुवामा लगाइएको रोकले सडक निर्माणमा ढिलाई भएको र यसको समाधान गर्न नागरिक समाजलाई पहल गर्न घिमिरेले आग्रह गरे । । नागरिक समाजले आज प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउने भएको छ ।

डेलिगेसनमा नागरिक समाजका संयोजक टिकाराम रेग्मी, सचिव चन्द्रराज पन्त, सदस्यहरु सुशील गौतम, माधव अधिकारी, लक्ष्मी आचार्य, श्रीमन् न्यौपाने लगायत ध्यानाकर्षण गराउन सडक कार्यालय पुगेका थिए ।