दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आसन्न १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदको प्रत्यासी कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा प्रेस चौतारी दाङमा गञ्जागोल भएको छ । नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का र प्रेस चौतारी दाङले अध्यक्षका लागि सविन प्रियासनलाई उम्मेदवार बनाउने प्रेस विज्ञप्ति जारी गरेका छन् भने उपाध्यक्ष संगीत बस्यालसहितको टोलीले दुर्गालाल केसीको नाम अगाडि सारेका छन् ।
प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेत दाङमै रहेको अवस्थामा उपाध्यक्ष संगीत बस्यालको अध्यक्षतामा बसाली कान्तिपुर दैनिकका दुर्गालाल केसीलाई महासंघको दाङ शाखाको अध्यक्षको उम्मेदवारको रुपमा अगाडि सार्ने निर्णय गरेको छ । महासंघको दाङ शाखाको १० औं अधिवेशन यही फागुन १२ गते हुँदैछ । उक्त अधिवेशनमा अध्यक्षको उम्मेदवारका रुपमा प्रेस चौतारीका निवर्तमान अध्यक्ष तथा पत्रकार महासंघ दाङका पूर्वकोषाध्यक्ष दुर्गालाल केसीलाई अगाडि सार्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । सोही बैठकले अन्य सञ्चार संगठन तथा पत्रकारहरुसँग समन्वय र सहकार्य गर्नका लागि यसअघि गठित वार्ता कमिटीले प्रभावकारी रुपमा छलफल अगाडि नबढाएको भन्दै संगीत बस्यालको संयोजकत्वमा वसन्तविवश आचार्य, इन्द्रविवश डिसी र दशरथ घिमिरे रहेको वार्ता समिति पनि गठन गरिएको छ ।
उता, प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेतद्वारा जारी विज्ञप्तिमा महासंघ दाङमा २ अवधि सचिव भइसकेका सविन प्रियासनको नाम उम्मेदवारको रुपमा अगाडि सारिएको उल्लेख छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० दाङका अध्यक्ष टीकाराम खड्काद्वारा जारी विज्ञप्तिमा पनि एमालेका पोलिट्व्यूरो सदस्य, केन्द्रीय सदस्य र जिल्ला इन्चार्जसहितको बैठकले सविन प्रियासनलाई नै महासंघको दाङ शाखाको अधिवेशनमा अध्यक्षको उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय भएको उल्लेख छ ।
महासंघको जिल्ला अधिवेशन मुखैमा आउँदासम्म प्रेस चौतारी दाङको निर्णय पर्खेर बसेका अन्य संगठनहरुलाई पछिल्ल्ला यी निर्णयहरुले झनै रनभुल्ल पारेका छन् । चौतारीभित्र देखिएको यो विवादलाई मातृसंस्था एमाले र स्वयं चौतारीले कसरी सुल्झाउने हो रु यसको उत्तरका लागि भने फागुन १२ गते पर्खने कि ? पहिलोपेजबाट
