एजेन्सी, ८ फागुन । इराकी सेनाले मोसुलको पश्चिमी क्षेत्रमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसविरुद्ध कारवाही अभियान सुरु गरेको छ ।
इराकका प्रधानमन्त्री हैदर अल–अबादीले मोसुलको पश्चिमी क्षेत्रबाट आइएसका लडाकुलाई हटाउने गरी अभियान सुरु भएको घोषणा गरेका छन् ।
एक टेलिभिजनसँग कुराकानी गर्दै उनले कारबाही अभियान फेरि सुरु भएको घोषणा गरे। अब आइएसलाई परास्त गरेरै छाड्ने प्रधानन्त्री अबादीले दाबी गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
सरकारी सेनाले सहयोगी लडाकुको सहयोगमा गएको जनवरीमा आइएसको पकड रहेको मोसुलको पूर्वी क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो ।
