काठमाडौं – हाम्रा नेताहरु कुर्सीको भोगी छन् भन्ने कुरा त हामी सबैलाई थाहा नै छ । उनीहरु सत्तामा कुर्सीको खेल त खेलेकै छन् तर अचम्म कार्यक्रममा आफूलाई कुर्सी नभएको भन्दै कार्यक्रम नै वहिस्कार गरेर हिडेका छन् ।

Nepalese-Deputy-Prime-Minister-Bimalendra-Nidhiशनिवार प्रजातन्त्र दिवसको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो मर्यादा अनुसार कुर्सी नपाएको भन्दै कार्यक्रम वहिस्कार गरेका छन् ।

कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री निधिले मर्यादाक्रम अनुसार आफ्ना सिट खोजेका थिए तर नपाएपछि उनी केही मिनेटमै त्यहाँबाट बाहिरिएका थिए ।

मञ्च व्यवस्थापनको जिम्मेवारी पाएको नेपाली सेनाले मर्यादाक्रम अनुसार सिट नराखेपछि निधिले सेनालाई सोधे ‘खोई मेरो सिट ?’ ती सेनाले नपत्याउदो पाराले जवाफ दिए ‘थाहा भएन हजुर ।’