काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा चुनौती देखिरहेको बताइरहेका वेला राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले संविधान कार्यनवयनमा प्रधानमन्त्री प्रचण्डलाई सघाउने बताएका छन् ।

kamal thapaकाठमाडौंको भृकुटिमण्डपमा शुरु भएको पार्टी एकता महाधिवेशनमा थापाले भने ‘संविधान कार्यन्वयन गर्न प्रधानमन्त्री प्रचण्डलाई लाग्नुस म कार्यकर्ता साचि राखेर भन्छु राप्रपाले सकारात्मक सहयोग गर्छ ।’

१० बर्ष जनयुद्धको एउटा कमाण्डर, शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने दुई व्यक्ति मध्ये एक र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति भएको भन्दै थापाले हजारौं कार्यकर्ताको अगाडी प्रधानमन्त्री प्रचण्डको प्रशंसा गरेका थिए । उनले थपे विगतदेखि प्रचण्डसंग काम गर्दा छुट्टै आनन्द आउनेसमेत बताए ।