राधा शर्मा
बर्दिया, ५ फागुन । भारतको दिल्ली हुँदै दुवई लैजान लागेका तीन किशोरीको बर्दिया प्रहरीले उद्धार गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक देवेन्द्रकुमार मल्लको कमाण्डमा रहेको टोलीले कालिका गाउँ विकास समिति स्थित कर्णालीपुरबाट गोरखाका तिन किशोरीको उद्धार गरेको हो ।

kusumउद्धार गरिएका गोरखाका किशारीहरु राम्रासंग नेपाली भाषा समेत वोल्न नजान्ने र तिनै किशोरीहरु अत्यन्त सोझा रहेको मानव वेचबिखन तथा ओसारपसार बिरुद्धमा काम गर्दै आएको साना हातहरु नेपालकी सीमा निरीक्षक बिमला नेपालीले जानकारी दिइन् ।

युवतीलाई विदेश पठाउन लागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव वेचविखनको अभियोगमा जिल्ला बर्दिया मैनापोखर गाविस वडा नं. ९ निवासी २८ बर्षिय शान्तिकुमारी थारु र विरेन्द्र नगरनगरपालिका सुर्खेत घर भइ हाल मैनापोखर ९ वस्ने डम्मर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

मानववेचविखनका प्रमुख नाईके जमुनी गाविस वडा नं. १ निवासी ४४ बर्षिय दुर्गाबहादुर सुनार फरार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक भरतबहादुर वोहोराले वताए । फरार प्रतिवादीको खोजी कार्य जारी रहेको र पक्राउ परेकाहरुको मानव वेचविखन तथा ओसारपसार नियन्त्रण ऐन ०६४ अन्र्तगत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बर्दिया मानव ओसारपसारका घटना बढ्दो देखिएको छ । प्रहरीले सोही स्थानबाट मानव ओसारपसारमा संलग्नहरुलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार अहिले बर्दियाका सीमा नाकामा प्रहरी निगरानी बर्ढाएको छ ।