केशरमान बिसी
दाङ ५ फाल्गुन । यो धर्तीमा जन्म लिइसकेपछी आफ्नो लागि बाच्न त जो कोहीले पनि प्रयत्न गर्छ । जन्मने जति सबैले जेनतेन गुजारा चलाएकै हुन्छन । तर अरुका लागी बाच्ने मानिस बिरलै भेटिन्छन । अझ आजको पुजीवादी युगमा त यस्तो मानिस भेटिनु बालुवामा सुन भेटिए सरह हो भन्दा पनि फरक नपर्ला ।

16775965_1241790035919094_1839564604_oयस्तै असम्भवको बिचमा भेटिने उदाहरणीय व्यक्ति कोमल हृदयकी धनी जो कला र गलाका माध्यमबाट आफ्नो जिविका चलाउदै आएकी उदयमान प्रतिभा हुन सरस्वती लामा ।

16777109_1241788959252535_380706101_oआफ्नो ब्याबसायिक पेसा कला र गला प्रस्तुत गर्नु भएपनि उनी ज्यादै नै कोमल हृदय कि धनी छिन भन्ने कुरा पुष्टि गर्दछ उनको समाजसेवी ब्याबहारले ।

16777139_1241788935919204_1231259963_oसमाजका दिनदुखी हरुको पीडा लाई आफ्नै पीडा सम्झने सरस्वतीको जीवनको अभिष्ट लक्ष्य हो बेसहारा वृद्ध व्रिद्दाको सहारा बन्नु । यहि समाजसेवी भाव झल्काइन उनले बिहिवार बिहान दाङ घोराही को तेरौटे स्थित बृद्दाश्रममा ।

16805319_1241788955919202_875543447_oसोलुखुम्बुमा जन्मिएर काठमाडौमा हुर्किएकी शान्त स्वाभवकी सरस्वती बिहीबार बिहान एक्कसी तेरौटे पुगेर भनिन कहिँ कतै बाटामा हिडिरहदा कतै बेसाहारा वृद्ध दृद्दा देखे भने मुटुम तीखो काडाले बिझाएझै हुन्छ र त अपांग हरुको बैशाखी बन्न मन लाग्छ ।

15697485_1223770694375966_1986368535654352483_nबृद्दाश्रमका बुढा बा आमालाई सुम्सुम्याउदै सरस्वतीले भनिन म पनि अब छिट्टै आश्रम खोलेर तपाई हरु जस्तै बेसहाराको सहारा बन्ने छु। आफुले बोकेको झोलाबाट फलफुल झिकेर वृद्ध बृद्दाको हातमा थमाउदै सरस्वतीले तपाइलाइ कस्तो छ बा भनी सोद्दा आश्रमका वृद्ध बृद्दाका आखामा टिलपिल टिलपिल आँसु रसएका थिए ।

14639876_1157568384329531_1822336792119575002_nसमाजसेवामा प्रबेस गर्ने मनसाय बोकेकी सरस्वतीको समाजिक अभियान सुखद बनोस हाम्रो पनि शुभकामना ।