दाङ ५ फागुन  ।  हतियार देखाएर दाङमा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको रह्स्य बाहिर आएको छ । पश्चिम दाङको पुन्धारा–१ का एक ब्यक्तिले हतियार देखाएर १२ बर्षीय बालिकालाई नियमित बलात्कार गर्ने गरेको रह्स्य बाहिर आएको हो । उनलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी आबश्यक अनुसन्धान थालेको छ ।

balatkari-pakrauमाघ १५ गते घरमै हतियार देखाएर बलात्कार गरेपछि छोरीले उजुरी दिएकी थिईन् । त्यसकै आधारमा प्रहरीले बाबुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बालिकाले भान्सामा बेलुकीको खाना पकाइरहेको समयमा मदिरा सेवनगरी आएर आफूलाई बलात्कार गरेको बयान दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमखु डिएसपी लोकनाथ तिम्सिनाले बताए ।

श्रीमती दुई बर्ष अघि देखी बैदेशीक रोजगारका शिलशिलामा बिदेश गएको अबसर पारी नियमित बलात्कार गर्ने गरेको रहस्य खुलेको डिएसपी तिम्सिनाले बताए ।

बलात्कार गरेको कसैलाई भने कुटपिट गर्ने धम्की दिएका कारण किशोरीले स्थानीयको सहयोगमा २३ गते प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी आएपछि प्रहरीले उनलाई बन्दुकसहित घरबाटै पक्राऊ गरेको डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । उनलाई हाडनाता करणी ऐन र हातहतियार खरखजना ऐन अनुसार कारबाही गरिने प्रहरीले बताएको छ ।