SAMSUNG CAMERA PICTURES

दाङ, फागुन ३ । उदाहरण समुह, दाङले प्रेम दिवसको अबसरमा बहस र कविता बाचन कार्यक्रम गरेको छ । मंगलबार परेको प्रेम दिवसको अबसरमा प्रेमले सामाजिक, आर्थिक, सास्कृतिक र समग्र मान्छेको जीवनमा पारेको प्रभाबको बारेमा बहस गरेको हो । बहसका लागि  मनसुन लभ उपन्यासकी लेखिका साजिदा सिद्धिकी र हिंसा पीडित महिलाको रुपमा बालिका जिसी रहनु भएको थियो ।

SAMSUNG CAMERA PICTURES
फरक मानिदै आएको धर्म र सस्कारबाट उठेर सामाजिक अभियान्ताको रुपमा छवि बनाई सक्नु भएकी साजिदा सिद्धिकिले प्रेमले आत्मसम्मान दिनुपर्ने बताउनुभयो । प्रेमले आत्मसम्मान र ईज्जत दिन सकेन भने त्यो प्रेम नाटकको रुपमा रहने उहाको भनाई रहेको थियो । प्रेमले मानिसको जीवनमा हौसला दिनु पर्ने भन्दै त्यहि प्रेमको दुरुपयोग हुदा मानिसको दुर्गतीको कारण बन्न पुगेको उहाको भनाई रहेको थियो । प्रत्येक मान्छेको प्रगतीको पछाडी कुनै न कुनै माध्यमबाट प्रेमको सहयोग रहदै आएको उहाको भनाई रहेको थियो ।

SAMSUNG CAMERA PICTURES

प्रेम विवाह पछि हिंसाका कारण सम्बन्ध विच्छेद गरेर अहिले आत्मनिर्भर बन्न सफल भएकी बालिका जिसीले प्रेम सबैको जीवनमा उस्तै अनुभब भएर आउन नसक्ने बताउनुभयो । प्रेमको नाममा जात, धर्म, हैसियतको तुलना गर्नेहरुले प्रेमको अर्थ र परिभाषा बदलेको उहाको भनाई रहेको थियो । अहिलेको प्रेम मान्छेको हैसियत संग दाँज्ने प्रबृतिका कारण समस्या भएको भन्दै उहाले आफ्नो अनुभब सुनाउनु भएको थियो । बहस मुलक कार्यक्रमको सहजीकरण उदाहरण समुह, दाङका अभियान्ता नवीन अभिलाषीले गर्नुभएको थियो ।

SAMSUNG CAMERA PICTURES

साथै कार्यक्रममा एक दर्जन बढि कविहरुले कविता बाचन गरेका छन् । कविता बाचनका लागि शर्मिला रोका मगरले सहजीकरण गरेको कार्यक्रममा बरिष्ठ साहित्यकार गिरीराज शर्माले समेत कविता बाचन गर्नुभएको थियो । यस्तै बरिष्ठ कवि यज्ञबहादुर डाँगी, युवा कविहरु विष्णु सन्यास, नवीन शर्मा, विकास मगर, पुष्पा केसी, संगीत मगर, नागिता श्रेष्ठ, बालिका जिसी, सविना भुषाल लगाएतले कविता बाचन गर्नुभएको थियो । यस्तै कार्यक्रममा विभिन्न सांगितिक प्रस्तुतीहरु पनि राखिएको थियो । कार्यक्रममा उदियमान गायीका पवि पुनले केहि गित गाउनु भएको थियो भने कल्पना खड्का र धिरज मगरले पनि गितहरु गाउनु भएको थियो । समग्र कार्यक्रमको सहजीकरण अभियान्ता घनश्याम अस्तित्वले गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालनका लागि नेपाल पत्रकार महासंघले हल उपलब्ध गराएको थियो भने साउण्ड सिस्टम र गुलावका केहि फूलहरु घोराही स्थित एभरग्रिन गिफ्टले सहयोग गरेको थियो भने ब्यानर सौजन्य घोराही स्थित बुटवल बेकरीले गरेको थियो ।