इन्द्रेणी संवाददाता
दाङ, १७ चैत्र
दिपज्योति एकिकृत शत्रु जीव व्यवस्थापन कृषक पाठशाला कृषक दिवस समारोह आज त्रिपुर १२ कर्मठुवामा सम्पन्न भएको छ ।दिगो खाद्यवाली उत्पादक कृषि सहकारी संस्था लिमिटेड दाङको आयोजनामा कृषक दिवस समारोह सम्पन्न भएको संस्थाका तिलक केसीले जानकारी दिनुभयो ।
विषादीरहित अर्गानिक तरकारी खेतीका वारेमा कृषकहरुलाइ जानकारी गराइएको छ । दिगो खाद्यवाली उत्पादक कृषि सहकारी संस्थाले १६ हप्तासम्म दाङका सचेतनामुलक कार्यक्रम गरेको केसीले वताउनुभयो ।
समुअका अध्यक्ष लाल वहादुर सिंहको अध्यक्षता तथा जिल्ला कृषि विकास कार्यालय दाङका वाली संरक्षण अधिकृत पिताम्वर वस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । संस्थाका सदस्य माँया वस्नेतको स्वागतवाट सुरु भएको कार्यक्रम तिलक केसीले गर्नुभएको थियो ।।