गोविन्द खड्का
घोराही, ३ फागुन । वाहिर चकमन्न अँध्यारो थियो । घोराही शहिदमार्गमा रहेको एभरग्रिन गिफ्ट्स एण्ड म्यूजिकलमा भने उत्साह थपिदै थियो । रयापडमा गिफ्टहरु लपेटिदै थिए । ग्रँहक पस्ने निश्कने क्रम चलिरहेको देखिन्थ्यो ।
आकर्षक ढंगले सजिएको आधुनिक पसलमा दिनरात छुट्यान सकिदैन्थ्यो । न बल्ब देखिन्थे न त भद्धा खालका साउण्ड सिस्ष्मनै थिए, तर पनि तेज उज्यालो थियो । जुन कुनामा पुग्दा पनि यहि छकी भान पार्नेगरी साउण्ड सिष्टम बजिरहेका सुनिन्थे । आकर्षक गिफ्ट छान्न व्यस्त युवा जमात ।
‘रेयल रोज छ ?’ ग्राहकले सोध्दैथिए । यो लग्ने खास भोलि हो एभरग्रिन गिफ्ट्स एण्ड म्यूजिकलका सञ्चालक भोला खनाल (कुलराज)’– रोजको बिटो देखाउदै भने, ‘जति पनि छ’ यसरी साच्चै गुलाफको फूल बेच्ने ठाउ घोराहीमा अरु भेटिएनन् । सबै ठाउमा प्लाष्टिकका रोजहरु राखिन्छन् । खनालले छुटै माध्यमबाट हरेक बर्ष आउने गरेको जानकारी दिनुभयो । ग्रँहकको माग बुझेर मगाएकाले दिनभर निर्धक्क संग बच्न पुग्नेगरी रहेको बताए ।
‘मैले सकभर ग्रँहक फिर्ता नगराउने गरी सबै आईटम राखेको छु’ सञ्चालक खनालले भने, ‘यति दिनुप¥यो भनेर सोझै लिष्ट आउछ, , छ कि छैन ? कति छ ? भनेर ग्राहकले सोध्नु पर्दैन ।’– अरु बेला पनि व्यापारमा खास्सै कमि नआएको देखिने एभर ग्रिन शुक्रवार देखिनै घुइचो लाग्यो । आईतवार र सोमवार धेरै कर्मचारी राखेर प्याकिङ गर्न र ग्राहकलाई छरीतो सेवा दिन व्यस्त देखिए ।
महंगा चश्मा, व्याग, घडी, सेन्ट युवायुवतिको रोजाईमा रहेको व्यापारीहरुले जानकारी दिएका छन् । उनिहरुले राति १२ बजेको समयलाई बढी लक्ष्य राखेका छन् । त्यस बाहेक अलि पाकाहरु पनि विभिन्न थरीका गिफ्टहरु खरीद गर्नतिर लागिरहेका थिए । उनीहरुले तिन हजार वरपरका सेन्टहरु खरीदे । सैयौ रुपया“ पर्ने महंगा चक्लेटहरु लगे । चश्मा लागाएत उपयोगी बस्तु पनी बिक्री भएका थिए । विभिन्न डलहरु पनि लगे । पाकाहरुले कप, गिलास लगाएत उपयोगी बस्तु लगे । बच्चाहुनेले तिनलाई लक्षीत गरेर खेलौनाहरु पनि किने । जसले जे गरेपनि भ्यालेण्टाईन ‘डे’ लाई नै केन्द्रमा राखेका थिए ।
अचेल विवाह, वर्थडे, पास्नी, विद्यालयका जन्म उत्सव, कुनै कार्यक्रमहरुमा अतिथिलाई मायाको चिनो दिन पनि गिफ्टहरुमा पुग्नै पर्ने हुन्छ । लभ लेखिएका जोडि कप, पोष्टर, गुलाफ लगाएतका कुरामा भ्यालेण्टाईन डे मै धेरै आकर्षण हुन्छ । कार्ड, पुष्प, घडि, दिलटुटेको लकेट, लभ डल, टेडि, फुलहरु, स्टेजहरु, जोडिको संकेत गर्ने घोडा चढि वा सोफाहरु रोजाईमा पर्ने गरेका छन् ।
चलिरहेको साताका दिन कुनै न कुनै रुपमा प्रेम र रोमान्स सम्बन्धित छन् । विजया दशमीमा टुंगिए जस्तै सबैका समापन १४ फेबु्रअरी ३ फागुनको भ्यालेन्टाईन्डेमा गएर टुंगो लाग्छ । ७ फेब्रुअरीमा रोज डेका रुपमा मनाईन्छ हिटलरले आफ्नो प्रेमिका इभा ब्राउनलाई रोज गुलाब दिएको हुनाले मनाउन थालिएको हो ।
त्यसैगरी आठ फेबु्रअरीमा प्रस्ताव राख्ने प्रपोजडे, क्रमसः परिकार खुवाउने चक्लेट डे, माया कोमल हुने भएकाले टेडडी डे, बाचा गर्ने प्रोमिस डे, अंगालोमा बाँधिने हग डे र १३ फेबु्रअरी चुम्बन दिवस किस डे जस्ता दिवसहरु छन् । सबै विधि पुरा गरेपछि भ्यालेन्टाईन डे आउछ । अहिले गाउ“ गाउ“मा पनि यो फेसन भएको छ ।
