दाङ, २ फागुन । नेकपा माओवादी केन्द्र तुलसीपुर–५ को अध्यक्षमा मिनराज भण्डारी चयन भएका छन् । हालै सम्पन्न भेलाबाट भण्डारी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएको हुन् ।

minत्यसैगरी उपाध्यक्षमा शारदा वली, सचिवमा वेदप्रसाद वली, कोषाध्यक्षमा करण परियार र सहकोषाध्यक्षमा एकराज वस्नेत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा ललिता वली , गोमा पोख्रेल, तुलसीराम परियार रहेका छन् । प्रेम वाठाको अध्यक्षता तथा नेता रामवहादुर दहितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रका नेता प्रेमराज वली, शेषुराम भण्डारी, अनुपम खड्का, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य यज्ञवहादुर केसीलगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।