दाङ, २७ माघ । साउनेपानी कृषि सहकारी संस्था शान्तिनगरको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । साना तथा मझौला कृषक आयस्तरअन्तर्गत रास नेपालको प्राविधिक सहयोग तथा साउनेपानी संस्थाको आयोजनामा भएको सार्वजनिक सुनुवाई भएको हो ।
कार्यक्रममा विभिन्न शिर्षकमा ३९ लाख ७० हजार ७ सय १९ रुपैयां खर्च भएको जानकारी दिइएको थियो । संस्थाका अध्यक्ष गुमानबहादुर वलीको अध्यक्षता एवं रास नेपालका कार्यक्रम संयोजक हरिप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रास नेपालका सहजकर्ता गोपाल विक, प्राविधिक सीमा थापा, हिमाली सहकारी संस्थाका प्रताप दाहाल, पत्रकार सन्तोस केसीलगायतले आफ्ना विचार राखेका थिए ।
