इन्द्रेणी संवाददाता
दाङ, २६ माघ । दाङमा एक निजी विद्यालयका प्रिन्सिपललाई कालो मोसो र जुत्ताका माला लगाइएको छ ।

16473461_1245906062159240_4960991891386817189_nदाङको धनौरी–७ स्थित मिड वेष्टन प्वइन्ट एकेडेमीका प्रिन्सिपल बीरबहादुर घर्तीलाई आफ्नै विद्यालयकी कक्षा १० मा अध्ययनरत एक छात्रामाथि पटक पटक बलात्कार गर्ने प्रयास गरेको र पीडितलाई ज्यान मार्ने धक्मी दिएको भन्दै अखिल क्रान्तिकारी राप्ती क्षेत्रीय समन्वय समितिले आज घर्तीलाई कालो मोसो दल्नुका साथै जुत्ताका माला लगाएर कुकुर वाध्ने साङलोले बाध्येको हो ।

क्रान्तिकारीले विज्ञप्ति जारी गरी यस्ता यौनपिपासुलाई तल्काल कारवाही गर्न माग समेत गरेको छ । संगठनका संयोजक नरेन्द्र विकद्धारा जारी विज्ञप्तिमा प्रिन्सिपलको नाममा एउटा छात्राको जिवन वरवाद गर्ने र मानसिक यातना दिने माथि कारवाही नभए आन्दोलन चर्काेउने वाध्य हुने बताइएको छ ।