घोराही, २५ माघ  । नेकपा माओवादी  केन्द्र घोराही १८ को अध्यक्षमा मधु अर्याल चयन हुनुभएको छ । मंगलबार गिठेपानीमा सम्पन्न भेलाले सत्र सदस्य कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा चैतु चौधरी, सचिव सुरस बुढा, सहसचिव निशा बुढा र कोषाध्यक्षमा दिनेश वली चयन हुनुभएको छ ।

CPIM-Flag-nat1वडा अध्यक्ष सतबहादुर रोकाको अध्यक्षता एवं नेकपा माओवादिका केन्द्रिय भेला आयोजक समितिका सदस्य भिमकुमारी बाठा निशानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अतिथि विश्वराज आचार्य, वडा सल्लाहकार स्वागत मधुअर्याल सञ्चालन सुरस बुढाले गर्नुभएको थियो ।