काठमाडौं, २४ माघ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको
अनुसन्धानका लागि म्याद थपका लागि सिआइबीको टोलीले खत्रीलाई जिल्ला अदालत काठमाडौं लगेको हो । विमानस्थल भन्सारमा रहेका खत्रीलाई सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरी प्रधान कार्यालयमै तानिएको थियो ।
आइतबार प्रहरी हेडक्वाटरबाटै उनलाई केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले पक्राउ गरेको हो । एसएसपी खत्री पुस २१ गते सुन तस्कर भएको बेला विमानस्थलमै कार्यरत थिए ।
