शरद रेग्मी
दाङ २२ माघ । तुलसीपुरमा जारि मध्यपश्चिम क्षेत्रिय ब्यापार तथा पर्यटन महोत्सव एव औद्योगिक कृषि मेला २०७३ मा मेला सकिन केहि दिन मात्र बाकि रहदा आयोजकलाई भिड थामि नसक्नु भएको छ । आज महोत्सवको १० औ दिन शनिवार महोत्सवमा अत्यधिक भिड भएको छ । ७ वर्ष पछि तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्समा दैनिक रुपमा दर्शकहरुको उपस्थीति वढदै गए पछि आयोजकलाई उत्साहित समेत बनाएको छ ।
लामो समय पछि तुलसीपुरमा मेला लागेका कारण पनी महोत्सवमा अत्यधिक भिड भएको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष एव मुल आयोजक समितिका संयोजक बिमल रिजालले जानकारि दिनुभयो । आज महोत्सवमा नेपालका चर्चित गाएक , गायिकाहरुले आ आफना प्रस्तुतिहरु राखेका छन । महोत्सवमा आज कोमल वलि , रामजि खाडँ, माण्डवि त्रिपाठि , शुसिला गौतम , भुमिका गिरि , प्रेम बिवस घर्ति , अंकित न्यौपाने , सन्तोष रजौरे , साम्रागि रिजाल , कला लम्साल लगाएतकाले दर्शकहरुलाई नचाएका छन ।
आज शनिवार बिदाको दिन परेका कारण बिहानै देखि महोत्सवमा आउने मानिसहरुको घुईचो रहेको थियो । जसका कारण तुलसीपुर बजार क्षेत्रको समेत यातायात सेवा केहि समय अस्त ब्यस्त बनेको थियो । जसलाई लक्षित गरेर आयोजकले बिहानै देखि सुरक्षा ब्यवस्था समेत कडा बनाएको थियो । महोत्सव स्थलमा प्रवेशका लागी समेत महोत्सव स्थलका दुवै तर्फका द्धार समेत खोलिएको थियो । रिजालका अनुसार आज महोत्सवमा करिव ३० हजार वढि दर्शकले अवलोकन गरेका छन ।
त्यसैगरि आज महोत्सवमा २ करोड वढिको कारोबार भएको आर्थिक उपसमितिका संयोजक ललित जंग शाहले जानकारि दिनुभयो । यसैबिच तुलसीपुरमा जारि महोत्सव एक दिनका लागी थपिएको छ । मानिसहरुको अत्यधिक भिड भए पछि आयोजकले एक दिनका लागी महोत्सवको अवधि थप गरेको संघका अध्यक्ष रिजालले जानकारि दिनु भयो । त्यसैगरि भोलि २३ गने आईतबार महोत्सवमा चर्चित नायिका रेखा थापा , गाएक मिलन लामा , कोमल वलि , ऋतु कडेल , बिकास घले , गिता रेउले , लगाएँतकाले आफनो प्रस्तुति रहने संचार संयोजक शरद रेग्मीले जानकारि दिनुभयो ।
तुलसीपुर स्थित अरनिको मैदानमा जारी महोत्सवमा पाँच लाख दर्शकलाई सहभागि गराउने, २० करोडको आर्थिक कारोवार गर्ने र त्यसबाट एक करोड रुपैयाँ बहुउदेश्यीय सभागृह निर्माणमा बचत गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । स्वदेशी उत्पादन प्रयोग गरौ, सवल राष्ट्रिय अर्थतन्त्रको निर्माण गरौ भन्ने नाराका साथ १३ गते देखी सुरुभएको महोत्वसव २४ गते सम्म जारि रहने छ ।
