sichai

तुलसीपुर २२ पुस  ।   बृहत दाङ उपत्यका सिचाई योजनामा लगानी गर्न विश्व बैकले साचो देखाएको छ । विश्व बैकको टोली र सिचाई मन्त्री बिच शुक्रवार भएको भेटवार्तामा विश्व बैकले यस्तो संकेत गरेको हो । सिचाई मन्त्री दिपक गिरीले  दाङ  बृहत सिचाई ओजानको लगानीको विषयमा विश्व बैक संग छलफल भएको वताए । हाम्रो प्रस्तावमा विश्व बैक सकारात्मक छ मन्त्री गिरिले भने  सहयोग हुन्छ ।

नेपाल आएको विश्व बैकको टोलिसंग शुक्रवार सिचाई मन्त्री दिपक गिरी सहितको मन्त्रालयको टोली संगको भेटमा मन्त्री गिरिको आग्रहमा विश्व बैकको टोलीले दाङ उपत्यका बृहत सिचाई आयोजनामा लगानी गर्न इच्छुक र सकारात्मक देखिएको सिचाई मन्त्रीका प्रेस सहायक नवीन गिरीले वताए । मन्त्री ज्यूले नेपालमा कृषि र सिचाईमा विश्व बैकको राम्रो सहयोग भएकोे छ, अव पनि यसलाई पढाइदिनोस भन्नु भयो अनि दाङ बृहत सिचाई आयोजनामा पनि सहयोग र लगानी गर्नु प¥यो भनेर अनुरोध गर्नु भयो त्यसमा विश्व बैकको टोली प्रमुख सकारात्मक देखिए ।

नेपालमा यस अघि दुइ चरणमा कृषि र सिचाईमा लगानी गरिसकेको र दोस्रो चरणको लगानी समय सकिन लागेकाले त्यसको अनुगमन र मूल्याङकनको लागि विश्व बैकको  टोली नेपाल आएको छ । टोलीले तेस्रो चरणको लगानी विगत भन्दा तीन गुणा बढाउने जानकारी पनि मन्त्री संगको भेटमा गराएको मन्त्रीका निजी सचिव शेसदत्त चौधरीले वताए ।

उनले दाङ सिचाई आयोजनाको डिटेल सर्वे पछि मात्र्रै लगानीको निर्काेल हुने तर प्रतिबद्धता आइसकेको वताए । झण्डै ६० हजार हेक्टर अर्थात १ लाख बिगाह क्षेत्रफलमा सिचित गर्ने आयोजना प्रमुख मीनराज ढकालले जानकारी दिए ।