dang polliceतुलसीपुर २२ पुस ।  कार्य सम्पादन गर्न नसकेपछि  हेमन्तपुर प्रहरी चौकीका इञ्चार्ज सहित पुरै टोलि जिल्ला प्रहरी कार्यालय घोराहीमा झिकाइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले त्यस्तो जानकारी दिएका हुन ।

उनले भने ‘सुम्पेको जिम्मेवारी राम्रो संग सम्पादन गर्न सकेको नदेखिएपछि हेमन्तपुर चौकीका इञ्चार्ज सहित ११ जनाको पुरै टोलिलाई जिल्लामा झिकाएर नयाँ टोली खटाईएको छ ।’हेमन्तपुर प्रहरी चौकीको पुरै टोली जिल्ला प्रहरी कार्यालय तानिनुको कारण कार्य सम्पादनमा चुक्नु भएको बताएपनि एसपी सिंहले के कुरामा हेमन्तपुर प्रहरी चौकी चुक्यो भन्ने सवाल भने सार्वजनिक गर्न चाहेनन् । चौकी इन्चार्ज नेत्रबहादुर बिक,दुई जना हवल्दार र नौ जना प्रहरी जवान सहित ११ जनाको टोलीलाई जिप्रका झिमाएर उनीहरुको स्थानमा अर्काै पुरै नयाँ टोलीलाई खटाएको एसपी सिंहले जानकारी दिए ।

एसपी सिंहले हेमन्तपुर प्रहरी चौकीमा हाल जिप्रकामा कार्यरत असई महेश्वर दाहाललाई खटाइएको जानकारी दिए  । केही दिन पहिले मात्रै जिप्रका बाट खटिएको प्रहरी टोलीले मध्यरातमा हुने गरेको खोला जन्य बस्तुको तस्करीमा सम्लग्न रहेका स्काभेटर, ट्रेक्टर , ट्रिप्परहरु नियन्त्रणमा लिएको थियो । प्रहरीले मध्येरातमा खोलामा छापा हान्दा कतिपय खोलामै मेसिन र ट्रेक्टर , ट्रिप्पर छोडेर भागेका थिए ।

पछि ति गाडिका धनिहरु समातिएका थिए । गोप्य स्रोतका अनुसार खोला जन्य बस्तुको अबैैैद्य उत्खनन् र निकासीमा हेमन्तपुर प्रहरी इञ्चार्ज सहितको सम्लग्नता रहेको रहस्य पर्दाफास भएपछि एसपी सिंहले उनीहलाई कारवाही स्वरुप जिल्ला प्रहरी कार्यालयमा झिकाएर विभागिए कारवाही थालेका हुन ।

प्रहरी र तस्करहरुको मिलेमतोमा क्रसर उद्योगमा बालुवा गिट्टी निर्यातहुने गरेको भन्ने जानकारीका आधारमा प्रहरीको पुरै युनिटलाई झिकाएर कारवाही थालिएको उच्च स्रोतले जानकारी दिएको छ । उनीहरुलाई कारवाही स्वरुप एक हप्ता अघि जिप्रकामा तानिएको थियो ।