कुसुम बि.क.
माघ २२ बर्दिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यपश्चिमाञ्चल सम्पर्क कार्यालय कोहलपुर बाकेले आज सेक्टर बन कार्यालय मैनापोखर ,बर्दियामा छापा मारेको छ ।
अख्तियारले गोप्य सुचनाको आधरमा सेक्टर बन कार्यालय मैनापोखमा छापा मार्ने क्रममा सोही कार्यालयका फरेस्टर शिवकुमार यादबले सेवा ग्राही बाट लिएको रकम बरामद गरेको जनाईको छ ।
निजि अवाधी जग्गामा रहेको रुखमा टाँचा निमार्ण गरिदिए बापत यादबले सेवा ग्राही बाट लिएको रकम रु ७ हजार लिई लुकाई छिपाई राखेको अवस्था अख्तियारले बरामद गरेको हो ।
साहायक बन अधिकृत चन्द्रेश्वर सिंह भने सम्पर्क बिहीन भएका र फरेष्टर यादब लाई अनुसन्धानको लागि अख्तियारले नियन्त्रणमा लिएको अख्तियारका सुचना अधिकृत चुरामणी पराजुलीले बताउनु भएको छ ।
