माधव वेल्वासे
अनेरास्वविय क्रान्तिकारी कपिलवस्तुको आयोजनामा नेकपा माओवादि केन्द्रका सांसद तथा नव निवार्चित संसदको लेखा समिति संयोजक डोर प्रसाद उपाध्याय लाई स्वागत तथा सम्मान गरिएको छ ।संगठन विभाग प्रमुख जि एन पाण्डेको अध्यक्ष्तामा भएको कार्यक्रममा वोल्ने विद्यँर्थि नेताहरुले संयोजक उपाध्याय को सफल कार्यकालको सुभकामना दिएका थिए ।
प्रमुख अतिथिको आसन वाट वोल्दै संयोजक उपाध्यले अनेरास्वविय क्रान्तिकारीले सधै विद्यार्थिको हक अधिकारको लागि काम गर्नुपर्ने वताए । अनेरास्वविय क्रान्तिकारीका एजेन्डा स्थापित गराउन स्ववियु चुनावमा होमिन निर्देशन दिए ।संयोजक उपाध्यायले विद्यार्थिहरुको कार्यलाई आफुले सहयोग गर्ने समेत आश्वासन दिए ।
कार्यक्रममा पुर्व विद्यँर्थि विशाल पाण्डेले अनेरास्वविय क्रान्तिकारीले स्ववियु चुनाममा राम्रो स्थान हासिल गर्नुपर्ने भएकाले सो को लागि मार्गदर्शन दिए ।दयाराम पौडेलको संचालनमा रहेको कार्यक्रममा जिल्लाका क्रियाशिल अनेरास्वविय क्रान्तिकारी विद्यँर्थिहरुको उपस्थित रहेको थियो ।
