इन्द्रेणी संवाददाता
मानव अधिकार निगरानी द्धारा जिल्ला निजि एग्रोभेटहरु अनुगमन गरिदिन आईतवार जिल्ला कृर्षि विकास कार्यालय र कृर्षि सामाग्री कम्पनी लिमिटेड लाई संयुक्त आग्रह गरेको छ । मानव अधिकार सञ्जाल जिल्ला संयोजक केशव कुमार शर्मा र ईन्सेक प्रनितिधि जेएन सागर सहित निगरानी केन्द्र हापुर , विजौरी र हलवार गाविस र पत्रकार लगाएतको टोलीले निजि एग्रोभेटहरुले नेपाल गुणस्तर चिन्ह प्राप्त नभएका अवैद्य कृर्षि उपजका वस्तु विक्रि वितरण गरी कृषकहरु लाई अनाधिकृत रुपमा किसानलाई विक्रि वितरण गरी रहेकाले किसानहरु लाई मंहगी र गुणस्तरका वस्तु दिलाउनका लागि अनुगमनका लागि आग्रह गरिएको हो ।
नेपाल सरकारले सिफरिस गरेका विउ विजन विक्रि वितरण नभई अवैद्य भारत वाट चोरी पैठारी गरी ल्याईएका गुणस्तर हिन विउ विजन किसानलाई मंहगोमा विक्रि गरिरहेकाले त्यसको नियन्त्रणका लागि अनुगमन गरी यदि त्यस्ता कार्य गरिएको पाएमा कार्वाहीको माग समेत गरिएको छ । खेतीको समयम शुरु भए संगै यस्ता गतिविधिले प्रसय पाईरहेकाले त्यसको नियन्त्रण र निगरानीका लागि आग्रह गरिएको हो ।