इन्द्रेणी संवाददाता
जेठ,१६ दाङ । दाङको घोराहीबाट प्रहरीले लागु औषध ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिएको छ । घोराही नगरपालिका १० मिलनचोक निवासी २२ बर्षिय ताराबहादुर पुनलाई ४ दशमलब ६५ ग्राम व्राउन सुगर सहित शनिवार बेलुकी ५ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएपी प्रकाशराज शर्माले जानकारी दिए ।
सूराकीको आधारमा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख, प्रहरी निरीक्षक सूर्य थापाको नेतृत्वमा गएको प्रहरीको टोलीले करेसाबारीमा लुकाईराखेको अवस्थामा ब्राउन सुगर फेला पारेको हो । पुनले लागु औषध बिक्रिबितरण गर्दै आएको भन्ने सुचनाका आधारमा प्रहरीले छापा मार्दा करेसाबारीमा जमिन मुनी लुकाएको अबस्थामा उक्त ब्राउन सुगर फेला पारेको हो ।ब्राउन सुगर र अभियुक्त पुनलाई थप अनुसनधानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
