शरद रेग्मी
दाङ २१ माघ । तुलसीपुरमा जारि मध्यपश्चिम क्षेत्रिय ब्यापार तथा पर्यटन महोत्सव एव औद्योगिक कृषि मेला २०७३ मा आज सवै भन्दा धेरै दर्शकहरुले अवलोकन गरेका छन । आज महोत्सवमा नेपालका चर्चित गाएक , गायिका एव हास्य ब्यग कलाकार आएका कारण सवैभन्दा धेरै दर्शक आएका हुन । आज बिहानै देखि महोत्सवमा आउने मानिसहरुको घुईचो रहेको थियो । जसका कारण तुलसीपुर बजार क्षेत्रको समेत यातायात सेवा केहि समय अस्त ब्यस्त बनेको थियो । जसलाई लक्षित गरेर आयोजकले बिहानै देखि सुरक्षा ब्यवस्था समेत कडा बनाएको थियो । महोत्सव स्थलमा प्रवेशका लागी समेत महोत्सव स्थलका तिन तिरका द्धार समेत खोलिएको थियो ।
आयोजकले दिउसो देखि भने महोत्सव स्थल भरि भराउ भएका कारण प्रवेशमा रोक लगाएको आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले जानकारि दिनुभयो । रिजालका अनुसार आज महोत्सवमा करिव ४० हजार दर्शले अवलोकन गरेका छन । महोत्सवमा आज चर्चित कलाकारहरुले आफनो प्रस्तुति राखेका छन । नेपाली सुगम संगितका चर्चित गाएक शिव परियारले महोत्सवमा दगालि युवा युवतिहरुलाई करिव एक घण्टा नचाएका थिए ।
नेपाली सांगितिक क्षेत्रमा युवा युवति माझ लोकप्रिय गाएकका रुपमा आफनो स्थान वनाएका परियारिले पिउदिन भन्दा भन्दै पिलायो साथीले बोलको गित गाउदा केहि बेर महोत्सव स्थल गुञ्जायमान वनेको थियो । उनले आज गाएका सवै गित नेपाली बजारका उत्कृष्ट गित रहेका थिए । त्यस्तै गरि आजै दगालि चेलि लोक गायिका कोमल वलिले पनी युवा देखि वृद्ध सम्म लाई नचाएकि छिन । उनले गित गाउनका लागी स्टेजमा आउदै गर्दा तालिले भब्य स्वागत समेत गरिएको थियो ।
त्यस्तै गरि चर्चित गाएक सुगम प्रोख्रल र पशुपती शर्माका गितले समेत सवैलाई नचाएका थिए । त्यस्तै कृष्ण रेउले , रक्षा श्रेष्ठ , हास्य ब्यग कलाकारहरु पाडे र जिग्रि व्रो लगाएतकाले आफनो प्रस्तुतिहरु राखेका थिए । त्यसैगरि आज महोत्सवमा डेढ करोड वढिको कारोबार भएको आर्थिक उपसमितिका संयोजक ललित जंग शाहले जानकारि दिनुभयो । यसैविच महोत्सवमा भोलि शुक्रबार चर्चित गायिका कोमल वलि , ज्योगि मगर , नविन पौडे, ऋतु कडेल , शेर बहादुर डागि , रमेश क्षितिज गिरी , सचिन प्रोख्रेल लगाएतका आउने सुचना तथा संचार संयोजक शरद रेग्मीले जानकारि दिनु भयो ।
तुलसीपुर स्थित अरनिको मैदानमा जारी महोत्सवमा पाँच लाख दर्शकलाई सहभागि गराउने, २० करोडको आर्थिक कारोवार गर्ने र त्यसबाट एक करोड रुपैयाँ बहुउदेश्यीय सभागृह निर्माणमा बचत गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । स्वदेशी उत्पादन प्रयोग गरौ, सवल राष्ट्रिय अर्थतन्त्रको निर्माण गरौ भन्ने नाराका साथ १३ गते देखी सुरुभएको महोत्वसव २३ गते सम्म जारि रहने छ ।











