दाङ, १९ माघ । तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रीय ब्यापार तथा पर्यटन महोत्सव एव औद्योगिक कृषि मेला २०७३ मा आजकै दिन केन्द्रीय तथा अन्तराष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफनो प्रस्तुति राखे ।

k1नेपाली सुगम संगीत एव गजल गायकदेखि चर्चित गायक, गायिका एव नायकहरुले आफनो वेजोड प्रस्तुति राखेका छन् । जसका कारण वुधबार महोत्सवमा अवेर साझसम्म पनि दर्शकहरुको उल्लेख्य सहभगीता रहेको छ । महोत्सवमा आएका कलाकारका साथै अवेर गरी अर्को एक कार्यक्रममा आएका कलाकारहरु महोत्सव स्थलमा आएपछि महोत्सव स्थल उल्लासमय वनेको थियो ।

महोत्वसमा अन्तराष्ट्रिय स्तरमै ख्याती प्राप्त कलाकार सुनिल थापा रातो काईलाको डाइलगले दर्शकहरुलाई उत्साहित बनाएको थियो । थापा स्टेजमा चढदै गर्दा दर्शकहरुको तालिले महोत्सव स्थलनै थप उत्साहित बनेको हो ।

त्यस्तै आजै महोत्सवमा सुगम संगीतका नायक तथा गजलकार सत्यराज आचार्य , त्यस्तै एस कुमार, यम बराल, जुना प्रसाई, गणेश पराजुली, लोका गायक कृष्ण रेउले, गायिका पुजा पुरी, बिन्दु परियार, नृत्याङना तृष्ण वुढाथोकी , राधा केसी लागायतकाले आफनो प्रस्तुति राखेका थिए ।