तुलसीपुर १८ माघ । तुलसीपुर २० च्याउ खेती तालिम शुरु भएको छ । निम्न आयस्तर भएका महिलाहरुका लागि तालिम शुरु भएको हो । वडा भित्रका महिलाहरु लाई आत्म निर्भर बनाउन तालिमको आयोजना गरिएको वडा सचिब केशवराज डाँगीले बताए । महिलाले थोरै लगानिमा धेरै आम्दानी गर्न सकुन भनी भनेर तालिमको आयोजना गरीएको हो ।
चालु आथिक बर्ष ०७३/०७४ को महिला लक्षित कार्यक्रम अन्र्तगत एक लाख २१ हजारको बजेट बाट तालिम सञ्चालन हुन लागेको छ । तालिममा वडा भित्रका अति विपन्न वर्गका २१ जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिम एक हप्ता सम्म चल्ने छ । यसैविच तालिमको एक कार्यक्रमका विच सोमबार उद्घाटन गरीएको छ । वडा सचिब डागीको अध्यक्षता तथा तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र बहादुर केसी प्रमुख आतिथ्यमा तालिमको उद्घाटन भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि केसीले तालिम सिकेर आत्र्मनिर्भर बन्न आग्रह गर्नुभएको थियो । यस्तै आर्थिक रुपमा समृद्ध बन्नका लागि सिप सिक्न जरुरी रहेको भन्दै तालिम लाई महत्वका साथ सिक्नुपर्नेमा जोड दिनुभएको छ ।
वडा नागरीक मञ्चका संयोजक तिर्थ बहादुर बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको उद्घाटन अवसरमा समाजसेवि तथा बुद्धिजिवि तिलक बहादुर बस्नेत,काग्रेसका खिम बहादुर वली,टोपेन्द्र राज रेग्मी, राप्रपाका लिलाध्वज वस्नेत, महिला मानव अधिकार रक्षक सञ्जालकि शुस्मा गिरी,टोलको तर्फबाट विर बहादुर बस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए । यसैविच वडा कार्यालयले प्रहरी चौकि जस्पुरका ईन्चार्ज नयाराम कार्कि लाई सम्मान गरेको छ । गाउ समाजमा शान्ती सुरक्षामा कायम राख्न उलेख्य भुमिका खेलेको भन्द कार्कि लाई सम्मान गरीएको थियो ।
कार्यक्रमको सहजिकरण सामाजिक परीचालक लक्ष्मी चौधरीले गरेकी थिईन् ।
