माघ १६,नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका केन्द्रिय कार्यालय सदस्य एवं प्रदेश नं. ५ का सह–ईन्चार्ज खड्कबहादुर सुनारकी आमाको निधन भएको छ । बाघमारे गाविस ६ कालिदमार निवासी कमारी सुनारको ७३ बर्षको उमेरमा निधन भएको हो । लामो समय देखि विरामी भएका कारण उहाको हिजो दिउसो निधन भएको पारिवारी श्रोतले जनाएको छ ।

कमारीको बौला खोला स्थित विचारी ढङ्गा (चिसापानी) घाटमा आईतवार अन्तेष्टि गरिएको थियो । नेकपा माओवादी केन्द्रका साधारण सदस्य समेत रहनु भएकी सुनारको पार्थित शरिरमा नेकपा माओवादी केन्द्र दाङका सल्लाहकार निराजन ओलीले पार्टी झण्डा ओडार श्रञ्द्धाजली अर्पण गर्नु भएको थियो ।

त्यस अवरमा नेकपा माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य कुवेर ओली, जिल्ला ईन्चार्ज जीवन गौतम,सह–ईन्चार्ज निर्मल आचार्य,दलित मोर्चाका जिल्ला अध्यक्ष जगत दलामी,जिल्ला ईन्चार्ज,राधिका परियार ,केन्द्रिय सदस्य राजु परियार, शिक्षक संगठनका जिल्ला अध्यक्ष मोहन ओली,ववई गाउँ पाटीका ईन्चार्ज भिमबहादुर ओली , पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली लगायको सहभागिता रहेको थियो । त्यस अबसरमा मृतक सुनार प्रति एक मिनेट मौन धारण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

सुनारकी खड्कबहादुर सुनार,डोटी सुनार,चुर्ण सुनार,करण सुनार गरी चार भाई छोरा र मैति विक,दीपा विक,भरमाया विक,गरी पाँच बहिनी छोरी र श्रीमान मानसिङ सुनार रहनु भएको छ । त्यस अबसरमा बोल्दै कमारीका छोरा खड्क सुनारले मृत्यु पछि गरिने सस्ंकार परिवर्तन गरी पाँच दिनमै काजकिरिया बाट उत्रने वताउनुभयो । यही माघ १९ गते हुने श्रद्धाञ्जली कार्याक्रममा सहभागि हुन पनि सबैमा आग्रह गर्नुभउको छ ।