काठमाडौं , १५ जेठ । सरकारले आर्थिक वर्ष २०७३/०७४ को लागि १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । व्यवस्थापिका संसद्मा शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट घोषणा गर्दै चालूतर्फ ६ खर्ब र पूजिगततर्फ ३ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरे ।

bishnu-poudel-ca-meeting-840x405बजेटका मुख्य बुँदाहरु यस्ता छन् :-

बन्द हड्ताल गरेर क्षति पुगेमा हड्ताल गर्नेबाट असुल गरिने

रकमान्तर प्रक्रियालाई थप सहज बनाउने

सबै प्रदेशमा निजामति सेवा अस्पताल स्थापना गरिने ।

कर्मचारीको तलब २५ प्रतिशत वृद्वि गरिने ।

नीजि घरहरुले बिमा गर्नुपर्ने

प्रधानमन्त्री केपी ओलीको भारत र चीन भ्रमणमा भएको सहमती कार्यान्वयन गर्न परराष्ट्र सचिवको नेतृत्वमा समिति गठन गरिने

जेठ २१ गते जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइने

गरिबसँग विशेष कार्यक्रमले निरन्तरता पाउने

काठमाडाँै विरगन्ज रेलमार्गको अध्ययन गरिने
काठमाडौँमा मेट्रो रेलको अध्ययन गरिने
पानीजहाज सञ्चालनको तयारी तथा कार्यान्वयन गरिने

डोल्पा र हुम्ला सदरमुकाम २ वर्षभित्र सडकमार्फत जोडिनेछ

काठमाडौँ निजगढ फास्ट ट्रयाकका लागि १० अर्ब बजेट विनियोजन

प्रदेश सदरमुकामलाई स्थानिय सडकसँग जोडिनेछ

पेट्रोलियम पदार्थमा रु। ५ पूर्वाधार कर लाग्ने । यसबाट प्राप्त रकम बुढी गण्डकी परियोजनामा खर्च हुने ।

बुढीगण्डकी आयोजनाका लागि ५ अर्ब ३३ करोड विनियोजन । पश्चिमसेती ,माथिल्लो कर्णाली लगायतका आयोजनाहरुलाई सहज रुपमा अघि बढाइने

पुर्ननिर्माणका लागि एक खर्व ४० अर्व ६६ करोडको बजेट बिनियोजन

भूकम्पपिडितले ३ लाख निव्यार्जी ऋण पाउने

प्रदेश प्रमुखहरुका लागि बजेटको व्यवस्था
मंसीरमा स्थानिय निकायको चुनावका लागि बजेट बिनियोजन

५ वर्षभित्र सम्पूर्ण पूर्वाधार र पुनस्थापनाको काम सम्पन्न हुनेछ

द्धन्द्धकालका घाइतेहरुको सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था

सभामूख ओनसरी घर्तीले सदन सूरु गरेकी छिन्

सबै सांसद्हरु हल प्रवेश गरिसकेका छन् । अब केही बेरमा सदन सूरु हुनेछ

संविधान जारी भएपछि आउन लागेको यो पहिलो बजेट हो । त्यसैले जनताले आर्थिक समृद्धीका लागि यस बजेटलाई महत्वका साथ हेरेका छन्

अर्थमन्त्री विष्णु पौडेल संसद् भवनमा आइपुगेका छन्

घ स द्धद्द अहिले चार बजेबाट बजेट भाषण शुरु हुनेछ । सभामुख ओनसरी घर्ती मगर संसदमा पुगिसकेकी छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा पनि संसदमा पुगिसकेका छन्

काठमाडौँ( सरकारले आगामी आर्थिक वर्ष २०७३(०७४ को बजेट शनिबार अपराह्न ४ बजे व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि १० खर्ब हाराहारीको बजेट संसद समक्ष पेस गर्नेछन् ।

(भूकम्प प्रभावित क्षेत्रमा ‘एक घर एक रोजगारी’, युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण, किसानलाई पेन्सनलगायतका कार्यक्रम बजेटमार्फत घोषणा हुँदैछ । यस्तै ७५ जिल्लालाई नै कृषिका एक एक उत्पादनको पकेट क्षेत्र घोषणा जस्ता लोकप्रिय कार्यक्रम आउँदैछन् ।

(युवा स्वदेशमा नेपाली उत्पादन विदेशमा कार्यक्रम , सामाजिक सुरक्षा भत्ता, निर्वाचन क्षेत्र विकास कार्यक्रम, कर्मचारीको तलव वृद्धिजस्ता लोकप्रिय योजना पनि आउँदैछन् ।