काठमाडौँ – संघीय लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगले सरकालाई बुझाएको प्रतिवदेन जलाउने निर्णय गरेको छ ।
मोर्चाको शनिबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
आज बसेको बैठकले आगामी माघ २३ गते तराईका जिल्लाहरुको सदरमुकाममा आयोगले बुझाएको प्रतिवदेन जलाउने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए । रातोपाटीबाट
