तुलसीपुर १२ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो वैशाख भित्र स्थानीय निर्वाचन हुने बताएका छन् । दाङका नेताहरु संग पूर्वप्रधान मन्त्री समेत रहेका देउवाले वैशाख भित्रै स्थानीय निकाएको निर्वाचन हुने बताएको दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए ।
नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काका जेठा दाजु स्वर्गिय शेरबहादुर खड्काको देउखुरीको सतवरिया स्थित घरमा श्रद्धाञ्जलिका मंगलवार सभापति देउवा त्यहाँ पुगेका थिए । रक्षा मन्त्री वालकृष्ण खाँडपनि स्वर्गिय शेरबहादुर खड्का प्रति श्रद्धाञ्जली व्यक्ति गर्न सभापति देउवापछि सतवरिया पुगेका थिए । खड्काको ८४ वर्षको उमेरमा माघ ४ गते निधन भएको थियो ।
त्यस्तै पूर्व सांसद कृष्ण किशोर घिमिरेको रामपुर स्थित घरमा चियापान कार्यक्रममा पुगेका सभापति देउवाले त्यहाँपनि चियागफमा निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरेको नेता कमल किशोर घिमिरेले जानकारी दिए । मंगलावर साँझ हेकुलीको चखौरामा पुगेका सभापति देउवा त्यही वास वसको थिए ।
उनले बुधवार विहान साढे नौं बजे पंचकुलेको बबई नदीमा निर्मानगर्न थालिएको पक्की पुलको सिलन्यास गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव शंकर प्रशाद डाँगीले जानकारी दिए । त्यसपछि देउवाले ऐतिहासिक थारु सांस्कृत महोत्सवको चखौरामा उद्घाटन गर्ने कार्यतालिका रहेको सांसद डिल्लीबहादुर चौधरीले जानकारी दिएका छन् ।
निर्वाचनपछि मात्रै संविधान कार्यान्वयन
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा लौहपुरुष स्व. गणेशमान सिंहको शालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै तीन तहको निर्वाचन गरेपछि मात्रै संविधान कार्यान्वयनको प्रक्रिया अगाडी बढ्ने बताएका छन् । संविधान कार्यान्वयन गर्नका लागि अब दलहरु चुनावमा जानुको विकल्प नभएको बताएका उनले काँग्रेसले निर्वाचन मार्फत लोकतन्त्र संस्थागत गर्ने बताएका हुन ।
कांग्रेसका सर्वमान्य नेता एवम् लौहपुरुष स्व. सिंहको शालिक अनावरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै देउवाले सरकार स्थानीय तह, प्रादेशीक र केन्द्रिय तहको निर्वाचन गराउने तयारीमा लागेको बताए । उनले भनेका थिए ‘चुनाव भएपछि मात्र संविधान कार्यान्वयन हुनेछ, नत्र अहिले सम्म प्राप्त गरेका सबै उपलब्धी गुम्ने खतरा हुनसक्छ ।’ उनले आउँदो वैशाखभित्र स्थानीय निर्वाचन हुने दाबी समेत गरेका थिए ।
२०७४ माघभित्र तीनवटै तहको निर्वाचन गरिसक्नुपर्ने संम्वैधानिक व्यवस्था भएकाले वैशाखभित्र स्थानीय निर्वाचन गराउनुपर्ने बाध्यता रहेको सभापति देउवाले बताएका हुन । देउवाले एमाले लगायतका विपक्षी दललाई पनि सहमतिमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएको जानकारी गराएका थिए । उनले भने, ‘एमाले लगायतका विपक्षी दललाई पनि सहमतिमा ल्याएर निर्वाचनमा जानका लागि मैले प्रधानमन्त्री प्रचण्ड जीलाई पटक–पटक भनिरहेको छु र आशा छ उहाँले त्यसै गुर्नहुने छ।’
संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै देउवाले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वान पनि गरे । फरक प्रशंगामा सभापति देउवाले लोकतन्त्रका लागि स्वर्गिय नेता गणेशमान सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गरे । कार्यक्रमलाई सम्वोधन गर्दै गणेशमान पुत्र प्रकाशमान सिंहले २०७४ माघ ७ गतेभित्र मुलुकमा स्थानीय तह, प्रादेशिक र केन्द्रिय तहको निर्वाचन गराउनु दलहरुका लागि बाध्यकारी अवस्था रहेको बताएका थिए ।
मुलुकको राजनीतिक स्थिरता कायम गर्न र संविधान कार्यान्वयन गर्नका लागि चुनाव गर्न अपरिहार्य रहेको उनको तर्क थियो । शालिक निर्माण समितिका संयोजक एवम् सांसद मैकुलाल बाल्मिकीले करिव १८ लाख रुपैयाँको लागतमा लौह पुरुष गणेशमान सिंहको शालिक तयार भएको जानकारी गराएका दिए ।
कांग्रेस बाँकेका सभापति किरण कोईरालाको सभापतित्वमा भएको शालिक अनावरण शत्रमा कांग्रेस केन्द्रिय सदस्य किशोरसिंह राठौंर, सांसदहरु बादशाह कुर्मी, सन्जय गौतम, आशा बिक, नेकपा माओबादी केन्द्रका नेता दामोदर आचार्य, कांग्रेस जिल्ला कार्यसमिति सदस्य हेमन्त कर्माचार्य लगायतले मनतब्य व्यक्त गरेका थिए ।
