काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतको लण्डन सिटीका लर्ड मेयर डा।एन्ड्यू पार्मलीबीच भेटवार्ता भएको छ ।

DSC9963-848x478मंगलबार बिहान प्रधानमन्त्री कार्यालय शिंहदरवारमा भएको भेटवार्तामा नेपालको संविधान कार्यान्वयन र पुर्ननिर्माणमा प्रधानमन्त्रीको पहलप्रति लर्ड मेयर पार्मलीले प्रसंसा गर्दै यसवारे जिज्ञासा राखेका थिए ।

बेलायती सहयोगवारे समेत छलफल भएको थियो । जलविद्युत क्षेत्रमा लगानीको संभावनाका विषयमा समेत छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन, राजनीतिक स्थिरता, विकास र आर्थिक सम्वृद्धिका लागि आफ्नो ध्यान गएको भन्दै नेपालको शान्ति, संविधान निर्माण र पुर्ननिर्माणमा प्राप्त अन्तराष्ट्रिय सहयोगप्रति आभार व्यक्त गरे ।

उनले नेपालमा लगानीमैत्री वातावरण निर्माणमा सरकार लागेको जनाउँदै जलविद्युतसहित ठूला परियोजनामा लगानीका लागि आग्रह गरेका थिए ।