rapti-bal-960x630तुलसीपुर १० माघ ।  तुलसीपुर ६ गाईडहरमा रहेको राप्ती बाल एकेडेमीले मुटुरोगी जानकी बस्नेतलाई आर्थिक सहयोग गरेको छ । श्रीगाउ १ लेटारकी मुटु रोगी ६ बर्षिय बस्नेतलाई आज ( सोमबार) एक कार्यक्रमका बिच सहयोग रकम हस्तान्तरण गरिएको हो ।

एकेडेमीका शिक्षक तथा बिद्यार्थीहरुबाट संकलन भएको ६ हजार चार सय १५ रुपैया रकम जानकीकी आमा जैकली बस्नेतलाई हस्तान्तरण गरिएको हो । विद्यालयका प्रिन्सिपल ठाकुर प्रसाद डाँगीको अध्यक्षता तथा राप्ती बबई क्याम्पस तुलसीपुरका प्राध्यापक बिरेन्द्र चन्दको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थी अबिषेक बस्नेत, जुनिएर रेडक्रस सर्कलका अध्यक्ष लक्ष्मी डिसी, शिक्षिका लक्ष्मी घिमिरेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण बिद्यार्थी बिशाल बिकले गरेका थिए । जानकीको मुटुमा दुईवटा प्वाल परेका छन् । अहिले उनको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाण्डौँमा उपचार भईरहेको छ । मुटुकाु दुईवटा प्वालपरेकी जानकीको उपचारमा तीन लाख भन्दा बढि खर्च लाग्ने डाँक्टरले बताएपछि उनकी आमाले अहिले बिभिन्न संघसंस्था, समाजसेवालगायत सबैमा सहयोगको याचना गरिरहेकी छिन् ।

सहयोग गर्नका लागि राष्ट्रिय बाणिज्य बैँकको खाता नंम्बर ४१६००३६३६७१० मा रकम जम्मा गर्न सकिने आमा जैकलीले बताईन् ।