tdnf]kfsf] kqsf/ ;Dd]ngt/fO{–dw]z nf]stflGqs kf6L{sf cWoIf dxGy 7fs'/n] kf6L{sf] lhNnf cWoIf, s]Gb|Lo kbflwsf/L, ;f+;b Pjd s]Gb|Lo ;b:ox?sf] ;+o'Qm a}7ssf] lg0f{o a'waf/ cfof]lht kqsf/ ;Dd]ngdfkm{t ;fj{hlgs ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, ७ माघ । तराई मधेश लोकतान्त्रिक पार्टीले आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको कार्यसमिति समावेशी नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

tdnf]kfsf] kqsf/ ;Dd]ngt/fO{–dw]z nf]stflGqs kf6L{sf cWoIf dxGy 7fs'/n] kf6L{sf] lhNnf cWoIf, s]Gb|Lo kbflwsf/L, ;f+;b Pjd s]Gb|Lo ;b:ox?sf] ;+o'Qm a}7ssf] lg0f{o a'waf/ cfof]lht kqsf/ ;Dd]ngdfkm{t ;fj{hlgs ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;
असन्तुष्टलाई मिलाउनका लागि पार्टी अध्यक्ष महन्थ ठाकुरले सात जनालाई विभिन्न पदाधिकारीमा चयन गरेका हुन् । जसअन्तर्गत डा. विजय सिंहलाई, उमाकान्त झा, चन्दा चौधरी, जितेन्द्र सिहलाई महामन्त्रीको जिम्मेवारी दिइएको छ । उनीहरु यसअघि केन्द्रीय सदस्य थिए ।

डा. सुरेन्द्र झा, समिम मियाँ अन्सारी र रामप्रवेश बैठकलाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको छ । उनीहरु पनि यसअघि केन्द्रीय सदस्य थिए ।  अब पार्टीमा सातजना महासचिव र छ जना सहमहामन्त्री भएका छन् । यसअघि वृजेश गुप्ता र जंगीलाल राय यादवलाई महासचिव बनाइएको थियो ।

दोस्रो पटक विस्तार हुँदा मात्र जितेन्द्र सोनललाई महामन्त्री बनाइएको थियो । अहिले तेस्रो पटकको विस्तारमा चारजना महामन्त्री थपिएका हुन् । यसअघि तीनजना सहमहामन्त्रीमा जयप्रकाश ठाकुर, पशुपति मिश्रा र राकेश मिश्र थिए । अब पार्टीमा छ जना सहमहामन्त्री भएका छन् ।