rapti upachetriya

तुलसीपुर  ७ पुस ।    दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताल अब राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान बन्ने भएको छ ।  बिहिबारको  मन्त्रिपरिषदको बैठकले दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताललाई स्तरबृद्धि गरि प्रतिष्ठान बनाउने निर्णय गरे पछि  उपक्षेत्रीय अस्पताल अव प्रतिष्ठान हुने भएको हो ।

 मन्त्रीपरिषद् बैठकले प्रतिष्ठान निमार्णका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तीक सहमती दिएको छ । साथै  केही दिनमै कानुन निर्माण गर्न मस्यौदा समिति समेत गठन गरिने स्वास्थ्य मन्त्रीका निजि सचिब सालिकराम दाहालले राप्ती समाचारलाई जानकारी दिए ।

 समितिले मस्यौदा तयार पारेपछि प्रष्ष्ठिानको बिद्येयक छिटै संसदमा दर्ता हुने  स्वास्य मन्त्रि गगन थापाका निजि सचिब दाहाले बताए  । उनका अनुसार मस्यौदा तयार भएपछि प्रतिष्ठानको विधेयक छिट्टै संसदमा दर्ता हुनेछ । शिक्षा र कानुन मन्त्रालयले सैद्धान्तिक सहमति दिएपछि प्रतिष्ठान बनाउने कार्य अघि बढेको हो ।

 गिरिजा प्रसाद कोईराला  प्रधानमन्त्रि भएको बेला अस्पताललाई प्रतिष्ठान बनाउने प्रक्रिया शुरु भएको थियो । त्यस पछि सरकार र डा. गोविन्द केसीबीच हरेक प्रदेशमा सरकारले एक मेडिकल कलेज स्थापना गर्ने सहमती भएको थियो । सो सहमती अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुन लागेको हो । दाङमा बन्न लागेको प्रष्ष्ठिान प्रदेश नंबर पाँचको हो ।

 प्रदेश नंबर पाँचको स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा बन्ने भएपछि प्रान्तिय राजधानी पनि दाङमै बन्ने बाटो खुलेको छ । स्वास्थ्य प्रष्ठिान र उच्च अदालत दाङमै भएपछि अब राजधानीका लागि दाङलाई थप बल पुगेको हो ।  मध्यपश्चिम क्षेत्रमा गुणस्तरिय चिकित्सा सेवा तथा चिकित्सा शिक्षा उपलब्ध गराउने उदेश्यले राप्ती उपक्षेत्रीय अस्पताललाई स्तरबृद्धि गरी स्वास्थ्य बिज्ञान प्रतिस्ठान बनाउन यस अघि समिति समेत निर्माण गरिएको थियो ।

समितिले प्रतिष्ठान निमाणका लागि नियमित निगरानी गर्दै आएको थियो  । प्रतिष्ठान भने संग  अब दाङमै मेडिकल साईन्स को पढाई समेत सञ्चालन हुने छ ।