गोविन्द खड्का
घोराही, ६ माघ । व्यक्तिको जग्गा सरकारका नाममा भनेर कुनैबेला हाइहाइ थियो । खुशी भएको नगरपालिकाले घोराही–८ को डुमरगाउमा दश लाख लगानी ग¥यो । त्यसबाट पर्खाल उठाइ बारबन्देज गरियो । बाल उद्यान भनियो ।
करिब १५ विगाह जमिनमा प्लटिङ गरिएको थियो । त्यसबाट करिव हजार बढी घडेरी बनाइएको गणेश गुरुङले जानकारी दिए । उनका अनुसार घडेरी टुक्राउदा बचाएर बिचौ विचमा खुला क्षेत्र राखिएको हो । त्यसलाई उपयोग गर्न घोराही नगरपालिकालाई दिएको हो ।
एक दिन अनेक थरी फुल फुलेको सुन्दर बगैचा हुनेछ । बिचविचमा बसेर हेर्ने, व्यवस्था मिलाइने छ । दैनिक आवात जावत बाक्लो देखिने छ । आन्तरिक पर्यटकको लर्को लाग्ने छ बडहरामा । घोराही आएका स्वदेशी तथा विदेशी पुग्ने छन् । किन भने बजारबाट पैदल करिव १५ मिनेटमा पुग्न सकिन्छ । त्यसपछि पार्क वरपर ठूला होटल, रेष्टुरेन्ट, आवास एवं दैनिक उपभोग्य वस्तु, खेलौना, थरी थरीको व्यापार चल्छ । दाताहरुले जमिन सरकारलाई दिनुको अर्थ सुनाउँछन् ।
वालवालिकाका लागि खेलकुद र मनोरञ्जनका संरचनाहरु बन्नेका छन् । विद्यालयका बच्चा अवलोकन गराउन लैजाने छन् । स्थानियले रोजगार पाउने छन् । पार्क र वाल उद्यान व्यवस्थापन गरेपछि ठूलै बजारमा बदलिने छ । त्यो फाइदालाई स्थानीयले भने बुझ्न सकेका छैनन् । उनीहरुको चासो र छलफलको विषय बन्दैन । त्यसले अलपत्र बन्दै जाने जोखिम बढेको छ ।
अहिले उत्साह सुस्ताएको छ । उपभोक्त समितिका अध्यक्ष प्रेम बुढा थकित देखिएका छन् । ‘आफुले चासो नराख्ने अरुले गरेकोलाई संका गर्ने धेरै छन्’, उनले भने, ‘बाल उद्यानलाई आफ्नै टोलको विकास हो भन्ने ठान्दैनन् ।’ यसरी राम्रो आकर्षक बाल उद्यानले दिने फाइदा बुझेका छैनन् । बरु बाल उद्यानको रकम बचाएर टोलका अरु संरचना बनाउने अगुवाको दाउछ । बुढाले थपे ‘संरक्षणमा स्थानिय जागरुक नहुदासम्म त्यसको विकास असम्भब छ ।’ उनका अनुसार खाने कमाई आफ्नो पेशाबाट हुन्छ समाजिक कामका लागि सोच्नेहरुको जमात चाहिन्छ ।
दाताहरुको मन अमिलो हुन थालेको छ । टोल विकास संस्थाले पहल गर्ने होइन कि भन्ने शंका बढिरहेको छ । ‘कसैले प्रस्ताव लगेन होला’, दाताहरुमध्य एकजना गणेश गुरुङले भन्नुभयो, असंगठित समाजदेखि दिक्दार गणेशले थप्नुभयो, ‘चिल्डेन पार्क ग्रिन पार्क बनाउने भनेको हो कसले बनाउने ?’ स्थानियका अनुसार सिंगै समाज नेतृत्व गरेर हाक्ने व्यक्ति अपुग देखिएको छ । कसले अहएकोे कतिले मान्ने ? को ठुलो हुने भन्ने समस्या छ । त्यसले विकासको गति रोक्छ ।
बडहरा बाल उद्यान तथा पार्क व्यवस्थापन भनेर दुर्इ लाख बजेट व्यवस्था गरेको छ । घोराही नगर पालिकाको २१ औ परिषदले नगरस्तरीय कार्यक्रममा राखेको देखिन्छ । वडा नागरिक मञ्च घोराही ८ का सहसंयोजक केशब गिरीका अनुसार वडा भेलामा छलफलकै विषय बनेन । सम्विन्धत टोलले त्यसको सिफारीस गरेन । अघिल्लो दश लाख बजेट निकासा गर्दा मेहनत गरेको वताउने गरिका अनुसार कार्यन्यवनमा सकृयता थिएन । त्यो राम्रो संकेत होइन ।
जग्गाधनी सबैको टुक्रा काटेर एक मुष्ट सरकारलाई बुझाउदा सनबहादुर बुढा, बयन बुढा र गणेश गुरुङले अन्तिम हस्तान्तरण गरेका थिए । तर सम्पत्ती सबैको पार्कमा मिसिएको छ । अहिले खेल मैदान बनेको क्षेत्रलाई पार्क र बाल उद्यानमै बदल्न त्यही टिम सकृय हुनु अनिवार्य देखिन्छ ।