giriraj

घोराही  ६ पुस ।   व्यापारिकहरुको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघ गत सोमवार देखी वन्द रहेको छ । संघले अवैधानिक रुपमा फर्जि निवेदनले सदस्या वितरण गरेको आरोपमा विभिन्न राजनीतिक दल सम्बद्ध उद्योग व्यवसायीहरु ले तालावन्दी गरेका हुन ।

नेपाल राष्ट्रिय वाणिज्य संघ , नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन , राष्ट्रिय उद्योग व्यापार महासंघ , अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ र  संयुक्त महासंघले  सोमवार देखी उद्योग वाणिज्य संघमा तालावन्दी गरेका छन । तालावन्दीका कारण उद्योग वाणिज्य संघको प्रशासनिक कार्य  पुर्णरुपमा प्रभावित भएकोे छ   ।

 तालावन्दीको विषयमा पदाधिकारी भित्र कुनै जानकारी नभएको  भन्दै पदाधिकारीहरु बीच नै विवाद सिर्जना हुन थालेको छ ।  उद्योग वाणिज्य  संघका उपाध्यक्ष  खड्ग वुढाथोकीले यस विषयमा आफुलाई कुनै जानकराी नभएको वताए । ‘यस वारे  केही थाहा छैन । ’ आज सम्म कुनै  वैैठक पनि वसेको छैन  उनले भने अध्यक्ष ज्युले जानकारी समेत गराउनु भएको छैन ।

संघका सवै प्रशाशनिक कार्य वन्द छन । अध्यक्ष र महासचिवकोे कार्यकक्ष मात्रै खुल्ला छ । उपाध्यक्ष वुढाथोकीले भन्ने वन्द किन ? गरेको हो थाहा छैन । जुन सवाल उठेको छ । सदस्याता वितरण  , त्यो  विधान वमोजिम नै छ । संघको मुल्य मान्यता र विधि विधान भन्दा कोही ठुलो छैन । उनले तालावन्दी खुलाउने विषयमा अध्यक्ष मौन रहेको समेत आरोप लगाए । उनले भन्ने ३ दिन भयो ।

अध्यक्ष कुनै यो प्रयास पनि गर्नु भएको छैन । वैठक पनि वोलाउन्ु भएको छैन । वाहिर प्रचार अवैधानिक सदस्यता वितरण गरेको आरोप संघले खेप्नु परेको छ ।  तर सदस्यताको वितरणको सवालमा उद्योग वाणिज्यले विधान सम्वध नै गरेको छ । विधि र विधान भन्दा कोही ठुलो नहुने भन्दै उनले भन्ने ‘ यदी विधान लाई वर्खिलाप गरी संघले काम गरेको छ , भन्ने जस्तो सुकै सजाय भोग्न तयार हुनु पर्छ ।

तर आफ्ना पक्ष वा भोटर गन्तीका आधारमा अवैधानिक ठहर गर्नु त्यो विधि विधानको वर्खिलाप हो । उद्योग वाणिज्य संघका सचिव शुशिल प्रकाश आचार्य र र सदस्य वसन्त जोशीले  वढ्दो राजनितिकरणले संघले वेज्जती खेप्नु परेको  वताए  । नेपाल राष्ट्रिय वाणिज्य संघका अध्यक्ष जीत वहादुर केसीले संघले अवैधानिक रुपमा वितरण गरेका  सदस्यता खारेजी गर्नु पर्ने माग आन्दोलनरथ पक्षहरुको रहेको वताए । गैर व्यापारिकहरु लाई आफु खुसी मनोमानी रुपमा वितरण गरेको आरोप लगाए ।