काठमाडौं, ६ माघ । दुई मन्त्री थप गर्दै आज मन्त्रीपरिषद विस्तार हुँदैछ । सरकार गठनको पाँचमहिना पुग्नै लाग्दा मन्त्रीपरिषद विस्तार हुन लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहीबार साना दलका तर्फबाट समाजबादी जनता दलका प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार खड्कालाई मन्त्री नियुक्त गर्न हुन लागेका छन् ।
दिउँसो साढे २ बजेपछि हुने सपथ ग्रहणपछि मन्त्रीमण्डल ४३ सदस्यीय हुनेछ । सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला तथा बालबालिका मन्त्रालय पाउने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले फोरम लोकतान्त्रिकलाई सरकारमा लैजाने र राप्रपाका मन्त्री थप गर्ने तयारी गरेपनि दुवै दलले तत्काल सरकारमा मन्त्री नपठाउने भएपछि प्रधानमन्त्रीले साना दलका तर्फबाट सिंह र खड्कालाई मन्त्री बनाउन लागेका हुन् ।
