सुनसरी, ५ माघ । कसैले चोरला भनेर निगरानीका लागि सिसी कयामेरा राखिन्छ । तर लुटेराले सिसी कयामेरासहित लुटेपछि ती क्यामराको के काम ।

Thiefसुनसरीमा हतियारधारी समूहले ७८ हजार रुपैयाँसहित पाँच वटा मोबाइल र एउटा सिसी क्यामेरा लुटपाट गरेको छ । दुहवी भलुवा नगरपालिका–४ को अग्रहरी प्रभात फुट प्रोडक्ट उद्योगबाट हतियारधारी समूहले लुटपाट भएको हो ।

माक्स लगाएर आएका चार जनाको समूहले उद्योगमा पसेर पेस्तो देखाइ लुटपाट गरेको उद्योगका प्रबन्धक जीतु अग्रहरीले बताएका छन् ।