काठमाडौं, ५ माघ । त्रिशूली नदीमा चालकसहितको ट्याङकर खसेको छ । चितवनको चण्डिभञ्याङ–५ बाट ना ४ ख ४१४३ नम्बरको पेट्रोल बोक्ने ट्याङकर चालकसहित खसेको प्रहरीले जनाएको छ ।
फाइल फोटो
प्रहरीका अनुसार मंगलबार राति पौने १२ बजे सडकबाट ८० मिटर तल त्रिशूलीमा ट्याङकर खसेको हो । ट्याङकरका परिचालक बारा अम्लेखगन्जका २० वर्षका प्रदिप लामाको उद्धार भएको छ ।
घाइते अवस्थामा भेटिएका लामाको उपचारका लागि भरतपुर पठाइएको छ । त्यही ठाउँका चालक उमेश तामाङको अवस्था भने थाहा हुन सकेको छैन । त्रिशूलीमा हराइरहेका चालक तामाङ र ट्याङकरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
