काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलको सहमतिमा छिट्टै चुनावको मिति घोषणा गरिने बताएका छन् ।

28072016100147Pushpa_Kamal_Dahal_Prachanda_01-1000x0-848x478संयुक्त अरब इमिरेटस युएइको चार दिने भ्रमण सकेर स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री दाहालले चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताए ।

प्रधानमन्त्री दाहालले निर्वाचन आयोगले माघको दोस्रो हप्ताभित्र आवश्यक ऐन, नियम कानुन उपलब्ध गराउन आग्रह गरेको जानकारी गराउँदै सरकार सबै पक्षको सहमति जुटाएर चुनाव घोषणा गर्ने तयारीमा जुटेको बताए ।

यस्तै निर्वाचन आयोगले माघ १५ गतेभित्र चुनावसम्बन्धी सबै कानून नबने जेठ पहिलो हप्ता स्थानीय तहको चुनाव गर्न नसकिने बताएको छ ।